सुविधाको आयोडिन नुनलाई बढी रुपियाँ तिर्नु परेको स्थानीयबासीको गुनासो
राज्यले दिने सेवा सुविधा सेवाग्राहीको पायक पर्ने स्थानबाट दिने उद्देश्यले नामखा गाउँ पालिकाको हिल्सास्थित आयो नुनको डिपो संस्थानबाट सुविधामा दिएको नुन तोकिएको मूल्यभन्दा प्रति बोरा ९० रुपियाँ बढि तिर्नु परेको स्थानीयबासीले गुनासो गरेका छन् ।
हिल्सास्थित आयो नुन डिपो कार्यालयले चैत २५ गते वितरण गरेको ६० बोरा नुन डिपो संस्थानले प्रतिवोरा ४ सय ६० रुपियाँ लिनुपर्नेमा ५ सय ५० रुपियाँ तिर्नु परेको ज्ञाल्जन लामाले गुनासो गरे ।
कुनै पनि सवारी साधन नपुगेको हुम्लाको विकट ठाउँमा जहाजले तोकिएको नुन उपलव्ध गराउन सकेको छैन । आर्थिक अवस्था कमजोर रहेका यस जिल्लाका स्थानीयबासीसँग प्रति बोरा नुनमा ९० रुपियाँ बढी लिने गरेको नामखा गाउँपालिका-५ का स्थानीयबासी भादुर लामाले जानकारी दिए ।
नुन डिपो संस्थान हिल्साका कर्मचारी छिरीङ दोर्जे लामाका अनुसार प्रति बोराको ९० रुपियाँ बढी लिएको स्वीकार गरे । तर सदरमुकामबाट सामान ढुवानी भाडासमेत जोडिएकाले बढी रुपियाँ लिनु परेको बताए । सदरमुकाम सिमकोटका साल्ट ट्रेडिङ कर्पोरेशन कार्यालयका प्रमुख राजबहादुर लामाले आफूले ६० बोरा आयोडिन नुनको ४ सय ६० रुपियाँ लिएको बताए । यस विषयमा प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौडेलले सम्बन्धित निकायसँग छलफल गरी कानुनी प्रकृया अगाडि बढाउने प्रतिबद्धता जनाए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा चितवनको रत्ननगर नगरपालिका-१० घर भई काठमाडौँ बस्दै आएका ४२ वर्षीय चतुर्मान महतोलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ । आरोपितले…
संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा इजरायल-प्यालेस्टाइन युद्धबाट उत्पन्न हुने सङ्कटलाई रोक्न सुरक्षा परिषदलाई दबाब
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ९९ अन्तर्गत सुरक्षा परिषदलाई गाजामा "मानवीय प्रकोप रोक्न दबाब" गर्न र इजरायल र प्यालेस्टिनी विद्रोहीहरूबीच पूर्ण मानवीय युद्धविरामको लागि आह्वान गर्न…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा मुस्लिम टोलका २२ वर्षीय मो जियाउद्दिनविरुद्धको मुद्दा ०८० मङ्सिर २१ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला अदालतमा मङ्सिर २१…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी भेरीगंगा नगरपालिका– ६ की ५८ वर्षीया बमी कामीलाई मङ्सिर २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा…
संसद सचिवालयका उपसचिवद्वारा महिला कर्मचारीमाथि दुर्व्यवहार
सङ्घीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले संसद सचिवालयकै शाखा अधिकृत सिर्जना तण्डुकारमाथि हातपात गरी दुर्व्यवहार गरेका छन् । प्रतिबेदनमा आफ्नो नाम उल्लेख नगरेको भन्दै सचिवालयका उपसचिव गैरेले ०८० मङ्सिर २०…