सुरुङमार्ग निर्माण कार्यमा स्थानीयको अवरोध, पानीको मुल सुकेको र क्षतिपूर्ति नपाएको गुनासो

  ०८० फागुन १८ गते

बहुप्रतिक्षित नागढुङ्‌गा सुरुङमार्ग निर्माण सम्पन्न हुनै लाग्दा स्थानीयले अनेक समस्या र माग देखाउँदै अवरोध गर्दै आएका छन् ।

स्थानीयले अनेक माग राखेर निर्माणमा अवरोध गर्ने, तर सरकारले समस्या समाधान नगर्ने प्रव‍ृति देखिएको सरोकारवालाले बताएका छन् ।

२ हजार ६ सय ८८ मिटर मुख्य सुरुङमार्गको काम सकिनै लाग्दा सुरुङमार्गको काठमाडौंतर्फका स्थानीयले अवरोध गरेर काम ठप्प पारेका हुन् ।

चन्द्रागिरी नगरपालिका-१ दहचोक टोटीटोलका स्थानीयले सुरुङमार्गको प्रवेशद्वारनजिक करिब ७ मिटर लम्बाइ जमीन भासिएको र सरकारले मुआब्जा नदिएको भन्दै निर्माणकार्यमा अवरोध गरेका हुन् ।

नागढुङ्गा सुरुङ मार्ग निर्माण कार्यको ‘ब्रेक थ्रु’ फागुन २३ मा हुने भनिए पनि स्थानीयको अवरोधका कारण सो समयमा सुरुङ मार्ग सञ्चालनमा नआउने पक्कापक्की भएको छ ।

सम्पूर्ण काम सक्न केही सामाजिक समस्या रहेका र क्षतिपूर्तिको समस्या पनि पूर्ण रूपमा समाधान नभएका कारण फागुन २३ गते गरिने भनिएको ‘ब्रेक थ्रु’ नहुने निश्चित भएको आयोजनाका उपप्रमुख सिनियर डिभिजन इन्जिनियर गोविन्द दुमरुले बताउनु भयो ।

सुरुङ खन्ने क्रममा स्थानीयको घर भासिएको र सुरुङ मार्गको पूर्वतर्फ पानीको मूल सुकेको भन्दै अवरोध रहेकाले यसलाई सल्टाउन केही चुनौती रहेको उहाँको भनाइ छ।

photo20240301kathmandu (1)

photo20240301kathmandu (2)

photo20240301kathmandu (3)

photo20240301kathmandu (4)

photo20240301kathmandu (5)

photo20240301kathmandu (6)

photo20240301kathmandu (7)


अनलाइन डेस्क