सुरक्षित आवास गृह व्यावस्थापन हुँन नसक्दा हिंसा पीडित महिला समस्यामा
जिल्ला सदरमुकाम डडेल्धुरामा रहेको सुरक्षित आवास गृह सञ्चालनमा समस्या भएपछि यस क्षेत्रका हिंसा पीडित महिलाहरुलाई न्याय पाउन समस्या हुने गरेको छ ।
हिंसामा परेका महिलालाई सुरक्षित राख्नका लागि बनाइएको तीन कोठाको सुरक्षित आवास गृह सञ्चालन गर्न आर्थिक अभाव हुँदा सञ्चालन गर्न समस्या भएको र त्यसको प्रत्येक्ष प्रभाव हिंसा पीडित महिलाहरुको संरक्षणमा परेको हो ।
कुनै पनि सरोकारवाला निकायले सुरक्षित आवास गृह सञ्चालनका लागि जिम्मेवारी नलिदा पछिल्लो समय सुरक्षित आवास गृह सञ्चालन गर्न समस्या भएको हो ।
सुरक्षित आवास गृहमा विषेश गरी ग्रामिण क्षेत्रबाट घरेलु हिंसाका साथै जवरजस्तीकरणीमा परेका महिलालाई राख्ने गरिएको छ ।
हिंसामा परेका महिलाहरुका लागि बनाएको सुरक्षित आवास गृहमा बस्न, खानका साथै अन्य आवश्यकीय वस्तुको व्यवस्थापन गर्न समस्या भएको महिला मुक्ति समाज, डडेल्धुराका अध्यक्ष आरती जोशीले बताउनु भयो ।
हिंसामा परेका महिला लाई लामो समय राख्नु परे उनीहरुलाई दैनिक रुपमा खाना खुवाउन समेत समस्या हुने भएकाले वस्नका लागी अन्यत्रै पठाउँनु पर्ने बाध्यता रहेको अध्यक्ष जोशीको भनाइ छ ।
हिंसामा परेका महिलाहरुका लागि खाना तथा अन्य आवश्यकीय सामानका लागि जिल्लामा क्रियाशिल अधिकारकर्मीहरुले आलोपालो गरी सहयोग गर्दै आईरहेको महिला अधिकारकर्मी सुनिता गैरेले बताउनु भयो ।
२०७० सालमा स्थापना भएको सुरक्षित आवास गृहमा एक पटक पाँच जनासम्म राख्न सकिने क्षमता भएपनि आर्थिक अभावका कारण व्यवस्थापन गर्न नसकिदा अहिले हिंसा पीडित महिलाहरुलाई सुरक्षित आवास गृहमा राख्न नसकिएको अधिकारकर्मी गैरेको भनाइ छ ।
सुरक्षित आवास गृह व्यवस्थापन तथा सयहोगका लागि अमरगढी नगरपालिकालाई पटक पटक आग्रह गर्दा पनि ववेस्ता गरेको अधिकारकर्मी महिलाहरुको आरोप छ ।
जिल्ला सदरमुकाममा सञ्चालनमा रहेको सुरक्षित आवास गृहलाई सहयोग गर्न आफू तयार रहेको अमरगढी नगरपालिकाका प्रमुख दिल्ली जोशीले बताउनु भयो ।
सुरक्षित आवास गृहमा हिंसामा परेका महिलाहरु मात्रै आउने भएकाले उनीहरुलाई आर्थीक तथा कानुनी सल्लाहका लागी नगरपालिकासँग आग्रह गरेमा नगरपालिकाले हिंसा पीडित महिलाहरुको व्यवस्थापनमा सहयोग गर्ने नगर प्रमुख जोशीको भनाइ छ ।
भूपेन्द्र विष्ट
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…