सुपारी बाँडेको र भोज खुवाएको आरोप

आगामी स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट राजविराज नपा-५ का उम्मेदवारहरूले आचारसंहिता उल्लङ्घन गरी सुपारी बाँडेको राजपाका केन्द्रीय सदस्य विशेश्वर रजक र शिक्षक कैलाशप्रसाद यादवले आरोप लगाएका छन् ।

Photo20170914Saptari

प्रचारप्रसारका क्रममा घरदैलो गर्दै उनीहरूले उम्मेदवारको तस्विर र चुनाव चिन्हको पर्चा बेरिएको सुपारीको प्याकेट वितरण गरेको शिक्षक यादवले आरोप लगाए । उनीहरूले यसबारे मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, एसपीसमेतलाई जानकारी गराएको बताए ।

यसैगरी महादेवा गाउँपालिकामा राजपाका उम्मेदवारहरूले डिजे प्रयोग गरेको र भोज खुवाएको उजुरी परेको आचारसंहिता अनुगमन अधिकृत ध्रुबविनोद पोखरेलले जानकारी दिए । त्यसबारे स्थानीय प्रशासनलाई अनुगमन गर्न आग्रह गरिएको उनले बताए ।

Photo20170914Saptari1

निर्वाचन आचारसंहिता २०७२ परिच्छेद २ को ४ (च) मा मतदातालाई नगद, जिन्सी वितरण गर्न, भोजभतेर आयोजना गर्न वा मादक पदार्थ सेवन वा वितरण गर्न र गराउन नहुने उल्लेख छ ।


मनोहरकुमार पोखरेल