सुनापति गाउँपालिका वडा नम्बर १ का वडाध्यक्षमाथि शिक्षकद्वारा आक्रमण
सुनापति गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष ध्रुव चौलागाईँमाथि बाटोमा बजेट नहालेको आरोपमा दोरम्बा शैलुङ गाउँपालिका-६, बुद्धेश्वरी आधारभूत विद्यालयका शिक्षक ३३ वर्षीय नीराजन घिसिङले ०८० असार २० गते भौतिक आक्रमण गरेका छन् ।
वडा अध्यक्ष चौलागाईँमाथि घिसिङले टेवलमा भएको बुद्धको मुर्तीले हान्ने क्रममा जोगाउन जानु भएका सुनापति गाउँपालिका-१, गुन्सीका ५७ वर्षीय देवीप्रसाद गौतम घाइते हुनुभएको छ ।
खानेपानी योजना सम्पन्न भएको सिफारिस लिन मादक पदार्थ सेवन गरी वडा कार्यालयमा पुगेका शिक्षक घिसिङले बाटोमा बजेट नहालेको भन्दै वडाध्यक्ष चौलागाईँमाथि आक्रमण गरेपछि रोक्न खोज्दा आफू घाइते भएको गौतमले बताउनु भयो ।
वडाध्यक्षको टेबुलमा राखिएको बुद्धको मूर्तिले आक्रमण गरेका र आँखा माथि तथा नाकमा चोट लागेको गौतमले बताउनु भयो ।
घाइते गौतमको गाउँपालिकाको स्वास्थ्य शाखामा सोही दिन उपचार भयो ।
घटनापछि दुवै पीडितले आरोपित शिक्षकविरुद्ध असार २० गते नै प्रहरी चौकी, गुन्सीमा उजुरी दिनुभएको छ ।
प्रहरीले शिक्षक घिसिङलाई सोही दिन गिरफ्तार गरी थप अनुसन्धान थालेको प्रहरी चौकी, गुन्सीका हवल्दार सुमन कुर्मीले जानकारी दिनुभयो ।
नवराज पथिक
सम्बन्धित समाचारहरू
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका चार जना नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले ०८० मङ्सिर…
एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…