सुनसरीको कोशी गाउँपालिका र धरान उपमहानगरपालिकामा मतगणना स्थगित
कोशी गाउँपालिका र धरान उपमहानगरपालिकामा मतगणनामा विवाद भएपछि गणना स्थगित भएको छ ।
कोशी गाउँपालिका–५ मा ८ सय २४ ओटा मतपत्रको मुचुल्का गरिएकोमा गणनाका क्रममा ८ सय ३२ ओटा मतपत्र भेटिएपछि जेठ ३ गते रातिदेखि गणना रोकिएको छ ।
मुचुल्का भन्दा आठ ओटा मतपत्र गणनाका क्रममा पाइएपछि विवाद सुरू भएको थियो ।
मुचुल्का भन्दा बढी आठ ओटा मतपत्र गणनाका क्रममा भेटिएपछि नेकपा एमालेका एजेन्टहरूले छानबिनको माग गर्दै हल्लापछि मतगणना कार्य रोकिएको हो ।
कोशी गाउँपालिका–५ मा जनता समाजवादी पार्टीबाट वडाध्यक्ष पदका उम्मेदवार देवकृष्ण यादव र एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार अजय कुसियैतले मतगणनामा धाँधलीको आशङ्का गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनु भएको छ ।
निवेदनपछि राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार र निर्वाचन आयोगका कर्मचारीबिचको वार्ता निश्कर्षविहीन भएपछि मतगणना कार्य सुचारू हुन सकेको छैन ।
सर्वपक्षीय छलफलमा मतपत्र बढी भेटिएको विषयमा निर्वाचन आयोगमा पठाउने र माथिबाट आउने आदेश वा निर्णय अनुसार अगाडि बढ्ने बिषयमा छलफल भएको छ ।
मतगणनामा स्वच्छ नहुनुमा निर्वाचन आयोग र अधिकृतको पनि संलग्नता रहेको आरोप उम्मेदवारको छ ।
निर्वाचन अधिकृत एकराज अधिकारीले विवाद समाधान गरेर मतगणनाको कार्य अघि बढाउने बताउनु भएको छ ।
धरान उपमहानगरपालिका मतगणना कार्य विवादका कारण स्थगित भएको छ । जेठ ४ गते दिउँसोबाट धरान उपमहानगरपालिका–२० को मतगणना भईरहेको अवस्थामा १८ ओटा मतपत्र मतदान अधिकृतको हस्ताक्षर विनाको भेटिएपछि विवाद सुरू भएको थियो ।
मतदान अधिकृतको हस्ताक्षर बिनाको मतपत्र रद्द गर्ने निर्णयले वडा–२० मा माओवादी केन्द्र पराजित भएपछि विरोध शुरू भएको छ ।
माओवादी केन्द्रका कार्यकर्ताहरूले मतगणनास्थल निर्वाचन अधिकृतको कार्यालयअघि प्रर्दशन गरेपछि मतगणना रोकिएको छ ।
वडा–२० को मतगणनाका क्रममा मतदान अधिकृतको हस्ताक्षर बिनाको मतपत्र भेटिए पनि सबै वडाको मतगणनामा अवरोध सिर्जना गरिएको छ ।
नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूले जनताले दिएको मतको मतपत्रले मान्यता पाउनुपर्ने माग गरेका छन् ।
उनीहरूले मतदान अधिकृतलाई कारबाही गर्नुपर्ने र पुनः मतदानको माग गरेका छन् ।
मतगणना स्थगितपछि भएको सर्वदलीय बैठकमा कानुन वमोजिम मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र रद्द हुने निर्णय गरिएपछि माओवादी केन्द्रले विरोध जनाएको छ ।
मतदान अधिकृतको हस्ताक्षर विनाको १८ ओटा मतपत्रमा ११ ओटा मतपत्रमा नेकपा माओवादी केन्द्रको प्यानललाई भोट दिएको माओवादी केन्द्रका नेता, कार्यकर्ताहरूको दाबी छ ।
निर्वाचन अधिकृत पुष्करराज नेपालले सर्वदलीय बैठकबाट समस्या समाधन गरी मतगणना कार्य अघि बढाउने बताउनु भएको छ ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
बुढीगंगा नगरपालिकामा निर्वाचन सम्पन्न, ६६.८३ प्रतिशत मत खस्यो !
गत वैशाख ३० गते स्थगित गरिएको बुढिगंगा नगरपालिको निर्वाचन कडा सुरक्षाकाबिच असार २३ गते सम्पन्न भएको छ । विहान ७ बजेदेखिे नगरपालिकाका १० ओटा वडामा सुरु भएकोे मतदान कार्य निर्धारित…
घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको सहयोगमा मुद्दा दर्ता
घरेलु हिंसा पीडित कपिलवस्तु नगरपालिका–६ गोबरी घर भई हाल कपिलवस्तु नगरपालिका –११ माइती घरमा बस्दै आएकी २० वर्षीया छायाँ बरीले इन्सेकको सहयोगमा जिल्ला अदालतमा असार २१ गते मुद्दा दर्ता गराउनु…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २३ गते)
असार २३ गते ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८० हजार ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ३…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१३ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले बराहक्षेत्र नगरपालिका–१ का १९ वर्षीय जयकुमार राईविरूद्ध असार २१ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीमा उजुरी दिएको छ…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नगरपालिका–९ का २२ वर्षीय कृष्ण राइलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश योगेन्द्रप्रसाद शाहको असार २१ गतेको इजलासले…