सुनकुमारीको भैरहवामा नै अन्त्येष्टी, छोरीको लालनपालन सरकारले गर्ने
पतिको कुटाइबाट गम्भीर घाइते भएकी रोल्पा थवाङकी ३८ वर्षीया सुनकुमारी नेपालीको उपचारका क्रममा मृत्यु भएपछि भैरहवामा नै कात्तिक ३० गते अन्त्येष्टी गरिएको छ । उपचारकै क्रममा रुपन्देहीस्थित भैरहवा मेडिकल कलेजमा कात्तिक २७ गते उनको मृत्यु भएको थियो ।
पीडित महिलाको टाउको, गिजा तथा दाँतमा गम्भीर चोट तथा शरीरभरि निलडाम भएकी सुनकुमारीलाई इलाका प्रहरी कार्यालय थवाङले उद्धार गरी स्थानीय घर्ती गाउँ अस्पतालमा उपचार गरी थप उपचारको लागि भैरहवा मेडिकल कलेजमा रिफर गरेको थियो ।
आर्थिक अभावका कारण समयमै उपचार नपाएकी सुनकुमारीले पछिल्लो समयमा पत्रकारहरूको संस्था लुम्बिनी प्रेस क्लबको नेतृत्वमा सुनकुमारी बचाउ अभियान सञ्चालन गरी उपचार गराइएको थियो ।
यसैबिच आमाको मृत्यु भएको र बुवा थुनामा रहेका कारण छोरी विनिता नेपालीको लालनपालन, शिक्षा, स्वास्थ्यलगायतका सम्पूर्ण जिम्मा नेपाल सरकाले लिने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताए ।
प्रमुख जिल्ला अधिकारी ढकालले भने–‘सुनकुमारीको छोरी विनितालाई लालनपालन गर्ने संरक्षक कोही नभएकोले लालनपालन, शिक्षा दीक्षालगायतका सम्पूर्ण जिम्मा सरकारले लिन्छ । हामी त्यसको तारतम्यमा छौँ ।’ नावालिका विनितालाई अहिले जिल्ला बालकल्याण समितिको रेखदेखमा राखिएको छ ।
रीमा बिसी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउँपालिका-४ का २८ वर्षीय कारसाङ तामाङलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ मङ्सिर ६ गते बलात्कार…
हत्या घटनाका आरोपित गिरफतार
बारेकोट गाउँपालिका-६ स्यालाकी तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा बारेकोट गाउँपालिका-६ का १२ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ १० गते गिरफतार गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम्…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…