सुदूरपश्चिम प्रदेश स्थानीय तह उपनिर्वाचन ०८१ः शान्तिपूर्ण रुपमा सम्पन्न
०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात बिभिन्न कारणले सुदूरपश्चिमका पाँच ओटा जिल्लाका पाँच ओटा स्थानीय तहमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष, बझाङ जिल्ला सुर्मा गाउँपालिका वडा नम्बर ४, डोटी जिल्ला पुर्विचौकी गाउँपालिका वडा नम्बर ६, दार्चुला जिल्ला दुहुँ गाउँपालिका वडा नम्बर ५ र कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नम्बर ६ मा वडाध्यक्षका लागि सम्पन्न भएको उपनिर्वाचनको परिणामका बारे इन्सेक प्रतिनिधिहरुले पठाउनु भएका सूचना यस प्रकार छन् ।
इन्सेक दार्चुला रेन्द्रप्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार दुहुँ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षको लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका ५४ वर्षीय धनबहादुर कुँवर विजयी भएका छन् । नेकपा एमालेका ५१ वर्षीय मानसिह बडाललाई १८ मतले पराजीत गर्दै काग्रेसका कुँवर विजयी भएका हुन् । वडाध्यक्षमा कांग्रेसका कुँवरले ३ सय ७६ मत प्राप्त गरी विजयी भएका छन् । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बडालले ३ सय ५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिनु भयो । यसैगरी नेकपा (माओवादी केन्द्र) का ५२ वर्षीय वीरसिंह कार्कीले ९८ तथा स्वतन्त्र उम्मेदवार ३१ वर्षीय लालसिंह कुँवरले २५ मत प्राप्त गरेका छन् । निर्वाचनमा २० मत बदर भएको छ । उपनिर्वाचनमा कूल १ हजार २ सय ७२ मतदाता मध्ये ८ सय ७७ अर्थात (६९.९४ प्रतिशत) मत खसेको थियो । दुर्गा आधारभूत विद्यालय गरमोराको (क) र (ख) मतदान केन्द्रमा मतदान भएको थियो । निर्वाचनमा पुरुष भन्दा महिला मतदाता सहभागिता बढि रह्यो । ६ सय २३ महिला र ६ सय ४९ पुरुष मतदाता रहेकोमा निर्वाचनमा ४ सय १ पुरुष र ४ सय ७६ महिलाले मतदान गरेका थिए । ०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको ०८० असार ११ गते निधन भएपछि उपनिर्वाचन भएको थियो ।
इन्सेक कञ्चनपुर प्रतिनिधि लिली कुँवरका अनुसार भीमदत्त नगरपालिका वडा नम्बर ६ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका उम्मेदवार प्रकासबहादुर चन्दले एमाले उम्मेदरबार बहादुर चन्दलाई ६ सय २० मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन । कांग्रेसका उम्मेदवार चन्दले १ हजार १ सय ७ र एमाले उम्मेदवार बहादुर चन्दले ४ सय ८७ मत प्राप्त गरेका थिए । राप्रपाका सुनिल कुमार भट्टले ३ सय ६९ मत प्राप्त गरेका छन् । ०७९ सालको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा विजयी हुनुभएका महेन्द्र खड्काको निधन भएपछि ०८१ मङ्सिर १६ गते उपनिर्वाचन भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामदत्त भट्टले २ सय १८, नेकपा एकीकृत समाजवादीका उम्मेदवार जितेन्द्र चन्दले २ सय २५, नेकपा माओवादी केन्द्रका उम्मेदवार नानाराम ओलीले १ सय २२, राप्रपा नेपालका उम्मेदार दिलबहादुर धामीले २४, नागरिक उन्मुक्ति पाटीका उम्मेदवार हरिष डगौराले १ सय २६, नेमकीपाका उम्मेदवार दलबहादुर बोहराले १२, जनमत पाटीका उम्मेदवार यादव चन्दले पाँच, स्वतन्त्र उम्मेदवार थानेश्वरप्रसाद लेकखकले १ सय ४२ र अर्का स्वतन्त्र उम्मेदबार युवराज चन्दले ९९ मत प्राप्त गरेका छन् । ५ हजार ४ सय २३ मतदाता रहेको उक्त वडामा २ हजार ९ सय ९१ मत खसेकोमा ५४ मत बदर भएको थियो । मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले ०८१ मङ्सिर १६ गते रातिदेखि मत गणना सुरु गरिएको र सौहार्दपूर्ण वातावरणमा उपनिर्वाचन सम्पन्न भएको बताउनु भयो ।
इन्सेक डोटी प्रतिनिधि सुबास नेपालीका अनुसार पुर्बिचौकी गाउँपालिका वडा नम्बर ६ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार मोहन थापा विजयी भएका छन् । कांग्रेसका उम्मेदवार थापाले खसेको मत ८ सय ३९ मध्ये ४ सय ६८ मत प्राप्त गरी विजय प्राप्त गरेका छन् । उहाँका प्रतिद्धन्द्धी एमालेका उम्मेदवार देब थापाले ३ सय १ मत प्राप्त गरेका छन् । यसैगरी माओवादी केन्द्रका उम्मेदवार देबिलाल थापाले २६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जानकी खडका कुँवरले ३१ मत प्राप्त गरेका छन् । खसेको मतमध्ये १३ मत बदर भएको छ । ०७९ सालमा भएको निर्वाचनमा वडा नम्बर ६ मा वडाध्यक्षमा विजयी हुनुभएका पुष्पराज जोशीको निधनपछि सो वडामा उपनिर्वाचन भएको हो । पूर्व वडाध्यक्ष जोशी पनि नेपाली कांग्रेसबाट निर्वाचित हनुभएको थियो ।
इन्सेक बझाङ प्रतिनिधि सत्यराज सिंहका अनुसार सुर्मा गाँउपालिका वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका धिरेन्द्र पुजारा १ सय ७० मतको मतान्तरले विजयी हुनुभएको छ । कांग्रेस उम्मेदवार पुजाराले ६ सय ५७ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका लखिचन्द्र बोहराले ४ सय ८७ मत प्राप्त गनुभएको छ भने नेकपा माओवादी केन्द्रका उम्मेदवार पुस्कर बोहराले १७ मत मात्रै प्राप्त गर्नुभएको छ । कुल १ हजार ५ सय ५४ मतदाता रहेको सो वडामा ०८१ मङ्सिर १६ गते भएको उपचिर्वाचनमा १ हजार १ सय ७८ मत खसेको थियो । १७ मत बदर भएका छन् । यो वडामा यस अघिको निर्वाचनमा एमालेले जितेको थियो । वडाध्यक्ष सर्जन बोहराको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा उपनिर्वाचन भएको हो । यसअघि यहाँ एमालेका सर्जनबहादुर बोहराले ६ सय २९ मतसहित निर्वाचित हुँदा कांग्रेसका लोकबहादुर बोहराले ६ सय ४ मत प्राप्त गर्नुभएको थियो ।
इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमाले उम्मेदवार सुलोचना बुढा बिजयी भएकी छन । नेकपा एमालेकी उम्मेदवार बुढाले १ हजार ७ सय ४० मत ल्याएर विजयी भएकी छन भने उहाँका प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी उम्मेदवार पुल्तिसरा शाहीले १ हजार ४ सय ७४ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेकी उम्मेदवार सुलोचना भण्डारी बुढा २ सय ६६ मतान्तरले विजयी भएकी हुन । एकिकृत्त समाजबादीकी उम्मेदवार जवा शाहीले ५ सय ५३ मत प्राप्त गर्नुभएको छ । ०७९ सालको स्थानीय तहको निर्वाचनमा १ सय ७३ मतले पराजित भएकी एमाले उम्मेदवार सुलोचनाकुमारी भण्डारी बुढाले यस पटकको उपनिर्वाचनमा विजयी हुनुभएको छ । ०७९ सालको निर्वाचनमा विजयी हुनुभएकी कांग्रेसकी उम्मेदवार मैनादेवी जैसीको निधन भएपछि उपनिर्वाचन भएको हो ।
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी
सम्बन्धित समाचारहरू
ड्युटीमा खटिएका प्रहरी जवानद्वारा आफूमाथि गोली प्रहार गर्दा घाइते
सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर, कञ्चनपुरमा कार्यरत प्रहरी जवान २८ वर्षीय वकिल बिष्टले ०८१ माघ ९ गते राति ड्युटीमा रहेको बेला आफैँलाई गोली प्रहार गरेका हुन् । गोली प्रहारबाट…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका—१५ कनरीका २८ वर्षीय सुरेन्द्र चौधरीलाई ०८१ माघ ९ गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ७ गते बलात्कार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चितवनको नारायणी नगरपालिका-४ का २५ वर्षीय प्रबिन बराललाई काठमाडौँको थानकोटबाट गिरफ्तार गरेको जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिनु भयो ।…
शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते
शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते हुनुभएको छ । राप्ती ग्यालेक्सी बोडिङ स्कुल लमही नपा–८ मा कार्यरत विज्ञान शिक्षक ३७ वर्षीय सुनिल चौधरीको कुटपिटबाट कक्षा ९ का विद्यार्थी १५ वर्षीय निखिल खड्काको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई माघ ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी आमाले…