सुत्केरी महिलाको मृत्यु भएको भन्दै पीडित पक्षद्वारा अस्पतालमा तालाबन्दी
जिल्ला अस्पातलको लापरबाहीका कारण गर्भवति महिलाको ज्यान गएको भन्दै पीडितद्वारा जेठ २० गते जिल्ला अस्पातलको प्रशासन कक्षमा ताला लगाएका छन् । पीडित पक्षले छलफल गरिपाउँ भन्दै सोही दिन नै निवेदन समेत दिएका थिए ।
अस्पातलका प्रमुख कमल ढुङ्गाना काम विषेशले मुगुम कार्माङ गाँउपालिकामा गएकाले उहाँ फर्केपछि थप छलफल गरिने सहमति भएको पीडितका आफन्त लेखराज परियारले बताउनु भयो ।
'जिल्ला अस्पातलका निमित्त प्रमुख कुशान्त भण्डारी र जिल्ला स्थितसञ्चारकर्मी तथा अधिकारकर्मीको रोहबरमा अस्पातलका प्रमुख आइसकेपछि जिल्ला प्रशासनमा छलफल गर्ने सहमतिमा ताला खोलेका हौँ ।'-लेखराज परियारले बताउनु भयो ।
छाँयानाथ रारा नगरपालिका-१३ की ३० वर्षीया राजु नेपालीलाई जेठ १८ बिहान देखि सुत्केरी व्यथाले च्यापेको थियो । घरमा सुत्केरी हुन नसकेपछि आफन्त र घरपरिवारले जेठ १९ गते बेलकी सुत्केरी गराउन जिल्ला अस्पतालमा पुर्याएपनि सुत्केरी गराउन शल्यक्रियाकालागि चिकित्सकको लापरबाहीले लठ्याउने औषधि प्रयोग मार्फत मृत्यु भएको मृतकका पति ३४ वर्षीय मयलाल नेपालीले आरोप लगाउनु भएको हो ।
अस्पतालमै आमा र गर्भ भित्रको बच्चाको ज्यान गयो सरासर अस्पातलकै कमजोरीका कारण राजुको ज्यान गएको हो । उनको ज्यान जानुको मुख्य कारणनै अस्पातलको कमजोरी रहेको छाँयानाथ रारा नगरापालिका-१३ का वडा अध्यक्ष बिरबहादुर खड्काले बताए ।
जिल्ला अस्पातलमा तत्कालै शल्यक्रिया गरेर बच्चा निकाल्न समस्या हुन सक्ने भन्दै मृतकका पतिलाई जानकारी गराइएको थियो । तत्काल रिफर गरेर जुम्ला पुर्याउँदा बाटोमै आमा र बच्चाको ज्यान खतरामा हुने देखिपछि गर्भवति र उनका पतिको लिखित सहमतिमा जिल्ला अस्पातलमै शल्यक्रिया गर्ने तयारी गरी शल्यक्रिया कक्षमा लठ्याउने औषधि प्रयोग गर्दा एक्कासी बेहोस भएपछि सबै खाले प्रक्रिया अपनाउदा समेत बचाउन नसकिएको जिल्ला अस्पातलका प्रमुख ढुङ्गानाले बताउनु भयो ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
कलैया उपमहानगरपालिका-२४ बेलदारी श्रीपुर की २४ वर्षीया सृजना देवी ठाकुरलाई २६ बर्षीय पति दिनेश ठाकुरले ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले मङ्सिर ११…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
जितपुरसिमरा उपमहानगरपालिका-२० कन्चनपुर की २६ वर्षीया सजमामा खातुनलाई ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरेको आरोपमा ४० बर्षीय जेठाजु जमुदिन मियाविरुद्ध मङ्सिर ११ गते पीडितले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला,…
प्रसाईंको आन्दोलनमा समर्थन गर्नेलाई गिरफ्तार गरेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मेडिकल व्यवसायी अभियन्ता दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा सहभागी हुँदा गिरफ्तारीमा परेका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहितका सर्मथकलाई गिरफ्तार गरेको रिटमा सर्वोच्च अदालतले ०८० मङ्सिर १२ गते कारण देखाउ आदेश…
दुर्गा प्रसाईंको आन्दोलनमा सहयोग गरेको आरोपमा दुई जना गिरफ्तार
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गर्दै आइरहनु भएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को समर्थन गरेको आरोपमा प्रहरीले ०८० मङ्सिर १२ गते दुई जनालाई गिरफ्तार गरेको छ…
प्रहरी कार्यालय परिसरमै पतिद्वारा पत्नीमाथि कुटपिट
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको भोलिपल्टै लमजुङमा प्रहरी कार्यालय परिसरभित्रै पतिद्वारा पत्नीमाथि कुटपिट भएको छ । २३ वर्षीया कृषा रिमाललाई उहाँका पति बेसीशहर–६ मकैडाँडा निवासी २४ वर्षीय…