सुत्केरी गराउने बेडको अभावमा स्वास्थ्य संस्थाबाट पाउने सेवासुविधा बञ्चित
खार्पुनाथ गाउँपालिका–२ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र थालिका लागि डेलिभरी बेड अभाव भएपछि सुत्केरी महिलाहरू स्वास्थ्य संस्थाबाट पाउने सेवासुविधाबाट बञ्चित हुने गरेका छन् ।
उक्त स्वास्थ्य संस्थामा गत दुई वर्षदेखि सुत्केरी आमाका लागि सुत्केरी गराउने बेडको अभाव भएपछि सो ठाउँका सुत्केरी महिलाहरू नेपाल सरकारको ३ हजार र कर्णाली प्रदेशको २ हजार रुपियाँ सुत्केरी प्रोत्साहन भत्ताबाट बञ्चित हुँदै आएको स्थानीय लामा रावलले गुनासो गर्नु भएको छ ।
स्थानीय रावलका अनुसार गाउँमै स्वास्थ्य संस्था भएर पनि स्वास्थ्य संस्थामा सुत्केरी गराउने बेड नहँदा नेपाल सरकारबाट उपलव्ध हुने सेवा सुविधाबाट बञ्चित हुनु परेको छ । दुई वर्ष अगाडी गाउँमा स्वास्थ्य संस्था नभएपछि वडा नम्वर ३ को राया स्वास्थ्यचौकीमा लैजाने गरेको भए पनि हाल आफ्नै गाउँमा स्वास्थ्य संस्था स्थापना गरिएको छ । तर यहाँ डेलिभरी बेड नभएपछि घरमै सुत्केरी हुनेको संख्या वृद्धि भएको स्थानीय रावलको भनाई छ ।
दुई वर्षदेखि हालसम्म मात्रै ६० भन्दा बढि सुत्केरी महिला उक्त सेवा सुविधाबाट बञ्चित हुँदै आएको स्थानीयले गुनासो गरेका छन् ।
सो स्वास्थ्य संस्थामा डेलिभरी वेड नभएपछि अहिले पनि करीव ४ घण्टाको पैदल मार्फत राया स्वास्थ्यचौकीमा जानु पर्ने बाध्यता छ । सो स्वास्थ्य संस्थामा बेडको समस्या हुने गरेपछि इन्चार्ज रुपसिंह जेठाराले खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखा र आफ्नै वडा कार्यालयमा हारगुहार गरेको बताउनु भएको छ ।
तर गाउँपालिका स्वास्थ्य शाखाले भने सो सामगी्रका लागि पहल गरि रहेको भए पनि वडा कार्यालयको भने कुनै सकारात्मक भूमिका नरहेको इन्चार्ज जेठाराले गुनासो गर्नु भएको छ । उहाँले डेलिभरी वेडको मात्रै नभई अन्य विभिन्न नेट इन्टरनेट, भौतिक संरचना, विधुत तथा सोलारको पनि आवश्यकता रहेको गुनासो गर्नु भएको छ ।
गाउँपालिका स्वास्थ्य शाखा संयोजक बलिराज शाहीका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरूलाई बेडको अभाव भएको देखिएपछि जिल्ला अस्पताल हुम्लालाई पनि अनुरोध गरिएको बताउनु भएको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेका दुई जना घरेलु हिंसा पीडित महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले आर्थिक सहयोग गरेको छ । जाजरकोट जिल्लाको…
अनुगमनमा गएका वडा सदस्यमाथि कुटपिट
छिन्नमस्ता गाउँपालिका–५ का वडा सदस्य ४७ वर्षीय योगेन्द्रप्रसाद शर्मा, उहाँका बुबा ७५ वर्षीय बिन्देश्वर शर्मा र भतिजा ३० वर्षीय संजयकुमार शर्मालाई ०७९ माघ ११ गते सोही ठाउँका ५० वर्षीय जयनाथ…