सुकुम्बासी बस्तीका घरटहरा भत्काउने क्रममा झडप
काठमाडौँ महानगरपालिका ११ स्थित थापाथलीको सुकुम्बासी बस्तीका घरटहरा भत्काउने क्रममा महनगरका सुरक्षाकर्मी र स्थानीयबीच ०७९ मङ्सिर १२ गते अपराह्न झडप भएको छ ।
सो झडपमा नगर प्रहरी प्रमुख राजु पाण्डे शर्मिला बोगटीलगायत १४ जना घाइते भएका छन् ।
झडपमा टाउकोमा गम्भीर चोट लागेका तीन जनाको थापाथलीकै नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
यसबीच काठमाडौं महानगरले ‘अनधिकृत संरचना हटाउन जाँदा नगर प्रहरीमाथि साङ्घातिक आक्रमण गर्नेहरूको नाम खुलाएर कानुनी कारवाहीका लागि प्रहरी परिसर टेकुलाई पत्राचार गरेको’ जनाएको छ।
घटना बारे काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले प्रेस विज्ञप्ति जारी गर्दै ‘अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अनुरोधमा बागमती किनारामा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना भत्काउन जाने क्रममा महानगरीय प्रहरी बलका प्रमुखसहितका प्रहरी घाइते भएका छन् ।
नगर प्रहरी शर्मिला बोगटीलाई शरीर बन्धक बनाई गम्भीर रुपमा घाइते बनाएका कारण उहाँसहित तीन जना प्रहरीको नर्भिक अस्पतालमा आइसियूमा उपचार भइरहेको’ उल्लेख छ।
यसैगरी विज्ञप्तिमा कर्तव्यका सिलसिलामा प्रहरीमाथि आक्रमण हुन दुःखद भएको भन्दै घटनामा संलग्नमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकाय र पदाधिकारीलाई अनुरोध गरिएको छ ।
यसैबीच मेयर बालेन शाह र उपमेयर सुनिता डङ्गोल नर्भिक अस्पतालमा पुगेर घाइतेहरूको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन्।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा
सम्बन्धित समाचारहरू
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…
बालिका हत्याको कसुरदारलाई जन्मकैदको फैसला
बर्दिवास नगरपालिका १४ सुगमवस्तीका सादिम आलमको ६ वर्षीया छोरी गुलबसा खातुनलाई ०७७ साल मङ्सिर ७ गते हत्या गरेको कसुरमा जिल्ला अदालत महोत्तरीले सोही ठाउँका २६ वर्षीय अरुण कुमार सहलाई माघ…
नाबालक छोरी हत्याको आरोपमा आमालाई जन्मकैदको फैसला
तीन वर्षीया नाबालक छोरीलाई बिष खुवाई हत्या गरेको कसूरमा दैलेख जिल्ला अदालतले माघ २४ गते आमालाई जन्मकैद फैसला गरेको छ । दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका–१२ रतनपुर विवाह भएकी २२ वर्षीया…