सीमाङ्कनको विरोधमा भएको आन्दोलनमा ज्यान गुमाएका कुँवरको प्रथम स्मृति दिवस
सङ्घीय संरचनामा कर्णाली अञ्चललाई सुदूरपश्चिमसँग गाभेको विरोधमा भएको आन्दोलनका क्रममा मृत्यु भएका ताम्ती गाविस-१ सर्मीगाउँका २५ वर्षीय हरिबहादुर कुँवरको सम्झनामा भदौ ६ गते श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । विशेष अधिकारसहितको कर्णाली स्वायत्त प्रदेशको मागगर्दै आन्दोलनका क्रममा ०७२ साउन ३१ गते गोली लागेर घाइते भई उपचारको क्रममा शिक्षण अस्पताल काठमाडौमा हरिबहादुरको भदौ ६ गते मृत्यु भएको थियो । आन्दोलनका क्रममा ज्यान गुमाएका हरिबहादुरलाई नेपाल सरकारले सहिद घोषणा गरेको थियो ।
उक्त आन्दोलनका क्रममा हरिबहादुर कुवरसहित करिब १२ जना प्रदर्शनकारी घाइते भएका थिए भने करिब १२ ओटा सरकारी कार्यालय आगजनी तथा तोडफोड गरिएका थिए ।
आन्दोलनका क्रममा घाइते भएका चन्दनाथ नपा-३ का सन्तोष बुढाथापालाई क्षतिपूर्ति स्वरुप ६६ हजार ८ सय ५४ रुपिँया र डिल्लीचौर गाविस-१ की पवित्रा बोहोरालाई ४० हजार ८ सय ६७ रुपिँया क्षतिपूर्ति स्वरुप प्रदान गरिएको थियो । राज्यले शहीद कुवँरका परिवारलाई १० लाख रकम राहत स्वरुप प्रदान गरेको थियो ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकालाई आरपितले २०७४ चैत महिनामा बलात्कार…
नेपालगञ्जको स्थिति नियन्त्रणमा लिन सेना परिचालन
हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन…
दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६…
बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु…