सिस्ने गाउँपालिकामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप
चुनाव प्रचारको क्रममा नेकपा एमालेका कार्यकर्ता र माओवादी केन्द्रका कार्यकर्ताबिच सिस्ने गाउँपालिका-७ मा असार १० गते झडप भएको छ । झडपमा माओवादी केन्द्रका ६ जना र एमालेका तीन जना र एक जना विद्यार्थी घाइते भएका छन् ।
आफ्ना पार्टीका कार्यकर्तालाई चुनाव प्रचारमा अवरोध गरी नेकपा माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेको नेकपा एमालेकी जिल्ला उपाध्यक्ष देवी ओलीले बताइन । ओलीका अनुसार एक जना वडा सदस्यको महिला उम्मेदवारसहित तीन जना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा एमाले कार्यकर्ता पृथबहादुर रावत, दिपक रावत र नाम नखुलेकी महिला उम्मेदवार रहेकी छन् । चुनाव प्रचारमा बारम्बार माओवादीले अवरोध गर्ने आफ्ना कार्यकर्तालाई आक्रमण गरी विभिन्न आरोप लगाउने गरेको नेकपा एमालेकी उपाध्यक्ष देवी ओलीले आरोप लगाइन् । माओवादी केन्द्रका कार्यकर्ताले सिस्ने गाउँपालिका-७ का १९ वर्षीय विद्यार्थी राजकुमार बुढालाई पनि कुटपिट गरेका छन् ।
नेकपा माओवादी केन्द्रका सिस्ने गाउँपालिका-७ का चुनाव परिचालन समितिका संयोजक केशव रावलका अनुसार झडपमा माओवादी केन्द्रका कार्यकर्ता भुषण रावल, विष्णु बुढा, प्रेमबहादुर बुढा, गणेश बुढालगायत ६ जना घाइते छन् ।
आफूहरू मोटरसाइकलमा आइरहेको समयमा एमालेका कार्यकर्ता बाटो छेकेर बसेकाले झडप भएको रावलले बताए । उक्त क्षेत्रमा चारैतिरबाट दुवै पक्षका युवाहरू जम्मा भएकाले थप झडप हुने सम्भावना रहेको स्थानीयबासीले बताएका छन् ।
उक्त क्षेत्रमा थप प्रहरी परिचालन गरिएको र शान्ति सुरक्षा मजबुद बनाइने रूकुमका डिएसपी अङ्गुर जिसीले बताए । घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
आदर्श केसी
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…