सिरहा जिल्लामा दुई दिनको लागि निषेध आदेश जारी
सिरहा जिल्लामा पुस १३ र १४ गतेको लागि जिल्ला प्रशासन कार्यालय सिरहाले निषेध आदेश जारी गरेको पुस १२ गते सूचना प्रकाशन गरेको छ ।
जनमत पार्टीका कार्यकर्ताहरूले पुस ११ गतेदेखि जिल्लामा गरेको आम हडताल तथा चक्का जामका कारण सर्वसाधारणलाई पर्न सक्ने जोखिमलाई ध्यानमा राखी पुस १३ गते बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि निषेध आदेश जारी गरिएको हो ।
निषेध आदेशको अवधिभर कुनै पनि किसिमको भेला हुने, बाहिर हिँडडुल गर्न, राजनीति सभा गर्न न पाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (२) र (३) बमोजिम निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताउनु भयो ।
निषेध आदेश अवधिभर लोकमार्गमा सवारी साधन आवतजावत गर्न पाउने गरी राजमार्गको दाँयाबाँया ५ सय मिटर वरपर कमलादेखि बलान पुल र चोहर्वादेखि सिरहा खण्डको पीके इन्टर प्राइजेज पेट्रोल पम्पसम्म राजमार्गको ५ सय मिटर दाँयाबाँया तथा आसपासका क्षेत्रमा गतिविधि गर्न नपाइने गरे सुरक्षाकर्मीले कानुन अनुसार कारवाही प्रकृया अगाडि बढाउने प्रजिअ कवारीले बताउनु भयो ।
त्यसैगरी जनमत पाटीले पुस ११ गते एक दिनको लागि आमहडताल भनेपनि आफ्ना कार्यकर्ताहरू गिरफ्तार भएको कारण पुस १२ गते पनि बन्द गरी पुस १३ र १४ गतेसम्मको लागि हडतालको घोषणा गरेको पार्टीका नेता पवन यादवले बताउनु भयो
जनमत पार्टीका कार्यकर्ताद्वारा ट्रकमा आगजनी
जनमत पार्टीका कार्यकर्ताहरूले पुस ११ गते नरहा गाउँपालिका–३ स्थित सडक खण्डमा बन्दको अवज्ञा गरेको भन्दै ना ५ ख ५५२२ नम्बरको ट्रकमा आगजनी गरेको छ ।
गुडिरहेको अवस्थामा सडकको दक्षिणी भागबाट आएको सो पार्टीका कार्यकर्ताले नाराबाजी गर्दै ढुङ्गामुढा प्रहार गर्न थालेपछि ट्रक रोक्दा कुटपिट गर्न थालेपछि भाग्न सफल भएको चालक विशाल तिम्सिनाले बताउनु भयो ।
आगजनीबाट ट्रकको अगाडिको भाग जलेको छ भने गाडीमा भएको नगद र कागजातहरू पूर्णतया नष्ट भएको छ ।
सो पार्टीका कार्यकर्ताहरूले ना. ७ ख १०५० नम्बरको बस, को १ ख ७४४६ नम्बरको मिनि ट्रक, बा ५ ख ७१५९ नं. को हायस, प्रदेश ३–०१–०२३ च ८२९७ नं. को कारलगायतका सवारी साधनहरूमा ढुङ्गामुढा गरी सिसाहरू फुटाएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शुभाष बुढाथोकीले बताउनु भयो ।
किसानहरूले निःशुल्क रूपमा पाउनु पर्ने गहुँको बीउ नपाएको विषयमा जनमत पार्टीका कार्यकर्ताहरूले केही दिनदेखि विरोध गर्दै आइरहेका थिए ।
औरही गाउँपालिकामा पुस ६ गते बीउ वितरणमा ढिलाइ तथा विभेद गरेको आरोपमा वितरण गर्न राखिएको गहुँको बीउ किसानहरूले लुटेर लगेपछि प्रहरीले औरही गाउँपालिका–३ का मिथिलेश यादवलाई पुस ८ गते गिरफ्तार गरेको थियो ।
सो विषयमा जनमत पार्टीका कार्यकर्ताहरूले गाउँपालिकामा ताला लगाएर पुस १० गते मसाल जुलुस र पुस ११ गते आम हडताल गरेको जनमत पार्टीका नेता पवन यादवले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शुभाष बुढाथोकीले अवस्था नियन्त्रण गर्न १४ सेल अश्रुग्यास प्रहार गरेको र पार्टीका १२ जना कार्यकर्ताहरू, सुखिपुर नगरपालिका–५ का ४२ वर्षीय शुरेश कामती, सोही ठाउँका ३३ वर्षीय देवकुमार मुखिया, सोही नपा–४ का २८ वर्षीय हरीकृष्ण साह, सोही ठाउँका ३७ वर्षीय सुरेन्द्र यादव, ३५ वर्षीय रामजुलुम साह, मिर्चैया नपा–२ का ३५ वर्षीय पशुपती मंडद, सोही नपा–१० का २२ वर्षीय अधिन यादव, सोही नपाका ३५ वर्षीय मुकेश साह, सोही नपा–१० का ४० वर्षीय पटबारी ठाकुर, सोही नपा–५ का ३० वर्षीय श्याम यादव, विष्णुपुर गाउँपालिका–१ का ४५ वर्षीय रामबृक्ष यादव र लहान नगरपालिका–८ का २९ वर्षीय सुभाषचन्द्र चौधरीलाई गिरफ्तार गरेको बताउनु भयो ।
गिरफ्तार गरिएकाहरूलाई कानुन अनुसार प्रकृया अगाडि बडाउने डिएसपी बुढाथोकीले बताउनु भयो ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
मतदान अधिकृतको राजीनामापछि मतगणना वा मतदान अन्यौलमा
मुख्य निर्वाचन अधिकृत दीपक खनालले स्वास्थ्य अवस्थाको कारण देखाउँदै जेठ १ गते राजीनामा दिएपछि त्रियुगा नगरपालिका–१२ मा मतगणना गर्ने वा पुनः मतदान गर्ने विषयमा अन्यौलता छाएको छ । वैशाख ३०…
प्रहरी र स्थानीयबिच झडप, चार प्रहरी र दुई स्थानीय घाइते
रम्भा गाउँपालिकामा–५ मा पुनः मतदानको माग गर्दै मतदाताहरूले मतगणना स्थलमा आन्दोलन गरे पछि प्रहरी र स्थानीयबिच जेठ १ गते झडप भएको छ । झडपमा प्रहरी हवल्दार ४० वर्षीय कृष्ण कुँवर,…
विजय उत्सव मनाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु १५ जना घाइते
विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा जेठ २ गते दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । विजय उत्सवमा जान लागेको ना ५ ख…
मतपत्र च्यातेको आरोपमा एक जना गिरफ्तार, गणना स्थगित
चिशंखुगढी नगरपालिका–३ मा मतपत्र च्यातेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका चिशंखुगढी सचिव राजकुमार ढुङ्गानालाई जेठ २ गते गिरफ्तार गरेको छ । मतपत्र च्यातेको आरोपमा ढुङ्गाना अनुसन्धानका लागि गिरफ्तारीमा परेपछि मतगणना रोकिएको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २ गते)
जेठ २ गते ६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ५ सय ४६…