सिमापार गराउँदै गरेको अवस्थामा दुई जनाको उद्धार, आरोपित गिरफ्तार

सर्लाहीका १७ वर्षीया बालिका र १८ वर्षीया युवतीलाई बेचबिखनका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले महेशपुर नाकाबाट माघ २४ गते उद्धार गरेको जनाएको छ ।

ती दुवै जना पीडितलाई बेचबिखनका लागि भारततर्फलैजाँदै गरेको आरोपमा प्रहरीले माइती नेपालको सहयोगमा १७ वर्षीय बालक र रजहर गाविस-१ स्थित विके इट्टा भट्टामा काम गर्ने सर्लाही जिल्ला हरिपुर गाविस-७ का ३२ वर्षीय उमेद महतोलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका सई टिकाराम पोख्रलले जानकारी दिए ।


नारायण पराजुली