स्थानीयबासी बीच विवाद ः सुरक्षाकर्मीसहित १० जना घाइते
सिमकोट गाउँपालिका–३ स्थित ठेहे र सोही गाउँपालिका–५ स्थित खाद्यक्क गाउँका युवाबीच झडप हुँदा पाँच जना स्थानीय र पाँच जना प्रहरी घाइते भएका छन् ।
कात्तिक ८ गतेदेखि सिमकोट गाउँपालिकाका आठवटा वडा स्तरीय फुटबलको आयोजना गरिएको र सोही विषयमा विवाद हुँदा दुई गाँउका युवाबीच कात्तिक ८ गते झडप भएको थियो ।
झडपमा घाइते हुनेमा खाद्यक गाउँका १२ वर्षीय सुजन रोकाया, १४ वर्षीय सुजित रोकाया, १७ वर्षीय सार्थक रोकाया, १६ वर्षीय प्रतिक भण्डारी र १७ वर्षीय सुभाष बोहरा घाइते भएको अभिभावक सुशीला रोकायाले बताउनु भएको छ ।
झडपमा पाँच प्रहरी घाइते भएको भनिएपनि डीएसपी कृष्णराज ओझाले प्रहरीको नाम दिनु भएन । अन्य पाँच जना नेपाल प्रहरीका जवानदेखि असईसम्मका प्रहरी रहेको डीएसपी कृष्णराज ओझाले बताउनु भयो ।
डीएसपी ओझाका अनुसार स्थानीयले प्रहार गरेको ढुङ्गा लाग्दा तीन जना प्रहरी सिकिस्त घाइते भएका छन् । घाइते एक जना प्रहरीलाई तत्काल जिल्ला बाहिर पठाइएको र अन्यको जिल्ला अस्पताल हुम्लामा उपचार भएको डीएसपी ओझाले जानकारी दिनु भएको छ ।
त्यस्तै युवाहरूबीच झडप भए पनि आफ्ना तीन जना छोरालाई सशस्त्र प्रहरी बलले लठ्ठीचार्ज गर्दा घाइते भएको र छोराको जिल्ला अस्पतालमा उपचार गर्नु परेको सिमकोट गाउँपालिका उपाध्यक्ष सेमत रहनु भएकी सुशीला रोकायाले आरोप लगाउनु भएको छ ।
विवादको शुरुवात कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको डीएसपी ओझाले बताउनु भयो ।
घटनाका मुख्य दोषीको खोजी कार्य तथा अनुसन्धान भईरहेको डीएसपी ओझाको भनाई छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…