सिमकोट तल्लो बजारमा खानेपानीको समस्या
हुम्लाको सदरमुकाम सिमकोटको तल्लो बजारमा खानेपानीको समस्या भएको छ । सिमकोट गाउँपालिका–५ मा रहेको त्तलो बजारमा खानेपानीको समस्या भएको हो ।
दुई हप्तादेखि खानेपानीका धारामा पानी नआएपछि सेवाग्राहीले समस्या भोग्नु परेको छ । सिमकोट तल्लो बजारको धारामा पानी आउन छोडीपछि घण्टौ लाइन बसेर एक बाल्टी पानी थाप्नु पर्ने अवस्था आएको स्थानीय लक्ष कामीले गुनासो गर्नुभयो ।
कामीले भन्नुभयो, “तल्लो बजार क्षेत्रका अधिकांश धारामा पानी आउन छोडेको, पानी आएका एक दुई छिपुट धारामा पनि एक घण्टा बढी लाइन बस्नुपर्छ । विहान सात बजेदेखि दश बजेसम्म मात्रै पानी आउने हुँदा कहिले त खाना पकाउने पानी नै नपुग्ने उहाँले बताउनुभयो ।” खाना पकाउन लगायतका लागि समेत पानीको समस्या छ ।
व्यक्तिगत सरसफाइमा पनि समस्या हुनुका साथै कपडा धुन समेत कठिनाई भएको कामीको गुनासो छ । ” पानी नआएका तल्लो बजारमा बस्ने नागरीकलाई पानीको समस्या छ । एकातिर खानेपानीको व्यवस्था गर्न समस्या देखिएको छ भने अर्कोतिर घण्टौँ हिडेर खोलामा कपडा धुनुपर्ने बाध्यता छ । एक बाल्टी पानी थाप्न दशदेखि पन्ध्र जना लाइनमा बस्नु पर्ने बाध्यता छ । हिउँदको महिनामा पानीमा विहानको समय बरफ जम्नुका साथै बजार क्षेत्रका विभिन्न स्थानमा पानीका पाइप टुटफुट भएका कारण तल्लो बजारका करीव ५० भन्दा बढी घरदुरीले खानेपानीबाट वञ्चित हुनु परेको छ ।
तल्लो बजारका अधिकांश मानिसहरू आधा घण्टा लगाएर पिन्यारा, तीनधारामा पानी लिन जाने गरेका छन् । सिमकोट माथिल्लो बजारका अधिकांस नागरीकले पानी धारामा नआउँदा मुग्राधारामा गएर पानी ल्याउनु परेको बताउने गरेका छन् । यो समस्या पटक पटक हुने गर्दछ । तर सिमकोट गाउँपालिकाले यसको व्यवस्थापन गर्न नसकेको स्थानीय सेवाग्राहीको गुनासो छ । यसको विषयमा गाउँपालिका अध्यक्ष विजय भण्डारीलाई बुझ्दा उहाँले खानेपानी उपभोक्ता समितिले लाइन वितरणमा समस्या गरेको बताउनुभयो । त्यो संगै सेवाग्राहीले पनि लाइन लिँदा मापदण्ड पुरा गर्नु पर्ने हो त्यो पुरा नगरेका कारण खानेपानीका धारामा बरफ जमेर यस्तो समस्या भएको प्रतिक्रिया जनाउनुभयो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
मानव अधिकार आयोगका केन्द्रीय अध्यक्ष र मानव अधिकारकर्मीहरूबीच अन्तरक्रिया
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय जनकपुरधाममा २०८१ माघ २९ गते मानव अधिकार उल्लङ्घनका घटनाहरूको बारेमा प्रदेश तहमा मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ…
कुटपिट घटनाका आरोपितहरूविरुद्ध उजुरी
विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ३५ वर्षीय दिपेन्द्र कुमार शाहलाई ०८१ माघ २७ गते सोही पालिकाका नगर प्रमुख ४० वर्षीय बेचन दास र निजका २५ वर्षीय छोरा राम भजन दासले…
अपहरण, शरीर बन्धक र बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा पकाहामैनपुर गाउँपालिका-१ ढोरे टोल का २० वर्षीय सल्मान देवानलाई माघ २९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई…
बलात्कार प्रयास घटनाका आरोपितहरूविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गौशाला नगरपालिका-६ निगौलका २० वर्षीय इब्राम नदाफ, २१ वर्षीय गुफ्रान शेख र २० वर्षीय मुन्ना शेखविरुद्ध ०८१ माघ २९ गते पीडित पक्षले जिल्ला…
केवलकार निर्माण विवाद : विरोधसँगै निर्माण जारी, खारेजी पक्ष आन्दोलनमा
पाथीभरा(मुकुम्लुङ) क्षेत्रमा उत्पन्न विवाद तत्काल वार्ताका माध्यमबाट समाधान नभएपछि केवलकार निर्माण पक्षले रूख कटान थालेको छ । समस्या समाधानका लागि वार्ताका लागि सरकार गम्भीर नभएको आरोप लगाउँदै नो केवलकार समूहले…