सिभिक स्पेश बढाउनु पर्नेमा सरोकारवालाको जोड
पछिल्ला दिनहरूमा सिभिक स्पेश खुम्चँदै आएकोप्रति चिन्ता व्यक्त गर्दै सिभिक स्पेश बढाउनु पर्ने ललितपुरमा आयोजित एक कार्यक्रममा मानव अधिकारकर्मी एवम् सरोकारवालाले जोड दिएका छन् ।
इन्सेकलगायतका संस्थाहरूले चैत १ गते ललितपुरमा आयोजना गरेको मानव अधिकार, सिभिक स्पेश र मानव अधिकार रक्षक तथा सामजिक अभियन्ताहरूको अधिकार विषयक कार्यशालामा सो विषयमा सरोकारवालाले जोड दिएका हुन् ।
कार्यक्रममा गैर सरकारी संस्था महासङ्घ नेपालका अध्यक्ष राम सुवेदीले मानव अधिकारको अवस्थामा सुधारको आवश्यकता औँल्याउँदै सिभिक स्पेश बढाउनु पर्ने बताउनु भयो ।
इन्सेक केन्द्रीय कार्यालयका कृष्ण गौतमले मानव अधिकार रक्षकको अधिकार संरक्षाणका लागि नागरिक समाजको एकता जरूरी रहेको बताउनु भयो ।
मानव अधिकार एलाइन्सकी उपाध्यक्ष सुनिता शर्माले सिभिक स्पेश सङ्कुचित भएका कारण नागरिक संस्था समस्यामा पर्दै आएको बताउनु भएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…
घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ डुंगहवा माइती घरमा बस्दै आएकी २८ वर्षीया बिनु चौधरीलाई इन्सेकले चैत ११ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार समूहका अध्यक्षलगायतका समूहका पदाधिकारीहरूको…
स्थानीय तहमा इजलास अभावले न्याय सम्पादनमा समस्या
संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाई भएको छ । नेपालको संविधान अनुसूचि ८…