सिन्धुली कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु
सिन्धुली कारागारमा सजाय भोगिरहेका दुधौली नगरपालिका-१०, लखिमाका ३० वर्षीय विमल थापाको उपचारका क्रममा ०८० कात्तिक ३० गते मृत्यु भएको छ ।
कारागार कार्यालय, सिन्धुलीका निमित्त प्रमुख मात्रिकाप्रसाद पहाडिका अनुसार कात्तिक २९ गते राति कारागारमै तिहार मनाएर देउसी खेलिसकेपछि खाना खाएर सुतेकोमा कात्तिक ३० गते बिहान ३ बजे बेहोस अवस्थामा भेटिएपछि तत्काल उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीमा लगिएको थियो । उहाँको उपचारको क्रममा सोही दिन मृत्यु भएको हो । शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ ।
विमल थापालाई प्रहरीले सवारी ज्यान मुद्दामा ०८० भदौ २२ गते गिरफ्तार गरेको थियो । सिन्धुली जिल्ला अदालतले असोज १७ गते थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । थापाको मृत्युको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालले इन्सेकलाई जानकारी दिनुभयो ।
नबिनबाबु अधिकारी
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…
परीक्षाको मुखमा विज्ञान शिक्षक नहुँदा विद्यार्थी पढाइबाट वञ्चित
गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणित विषय अध्यापन गराउने शिक्षकहरू पाउँनै मुस्किल हुन थालेको छ । सदरमुकाम तम्घास र छिमेकमा समेत मुख्य बिषयमा शिक्षकको सङ्कट रहेको छ । जसको कारण परीक्षाको…