सिन्धुली अस्पतालमा प्रदर्शनकारी र प्रहरीबीच झडप
कमलामाई नगरपालिका-५ सिलामेकी २५ वर्षीया गङ्गा गुरुङ श्रेष्ठको सिन्धुली अस्पतालमा मृत्यु भएको विषयलाई लिएर ०८० जेठ १० गते प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ६ जना प्रहरी घाइते भएका छन् ।
आक्रोशित भिडले सिन्धुली अस्पताल तोडफोड गर्न खोजेपछि रोक्ने क्रममा प्रहरीलाई ढुङ्गा हानेका थिए । आक्रोशित भिडको ढुङ्गा प्रहारबाट ६ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार पाँच जनाको अवस्था सामान्य रहेको र एक जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।
घाइते मध्ये इन्स्पेक्टर रामभक्त भट्टराई, सई कैलाश बुढाथोकी, प्रहरी जवान राम बहादुर कार्की, प्रवेश कुमार यादव र सहायक हवल्दा रोशन श्रेष्ठ घाइते हुनु भएको छ । उहाँहरूको अवस्था सामान्य रहेको छ भने प्रहरी सहायक हवल्दार रोशन श्रेष्ठको अनुहार र गोडामा चोट लागेको छ ।
प्रहरीले कमलामाई नगरपालिका-११ का ३१ वर्षीय दिनेश मोक्तान र कमलामाई नगरपालिका-५ का राज मगरलाई गिरफ्तार गरेको छ ।
प्रहरीले भिड नियन्त्रण गर्न २८ सेल अश्रुग्यास र दुई राउण्ड हवाई फाएर गरेको डिएसपी दाहालले जानकारी दिनुभयो ।
यसैबीच जेठ १० गते अपराह्न अस्पताल प्रसाशन र पीडितका आफन्तबीच सहमति भएपनि विरोध प्रदर्शन कायम नै रहेको छ ।
नबीनबाबु अधिकारी
सम्बन्धित समाचारहरू
बालसुधार गृहबाट फरार बालकैदीबन्दीहरू पुनः गिरफ्तार
वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट फरार दुई जना बालकैदीबन्दीहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण सुधार गृहबाट ०८० असोज १२ गते फरार भएका दुई जना…
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३…