सिन्धुपाल्चोक जिल्ला कारागारमा एक जना बन्दीको मृत्यु
मेलम्ची नगरपालिका-१०, शिखरपुर घर भई जिल्ला कारागार सिन्धुपाल्चोकमा जेल भुक्तान गरिरहेका ५३ वर्षीय कृष्ण नेपालीको हृदयघात रोगबाट ०८० माघ २३ गते मृत्यु भएको छ ।
जिल्ला अदालतबाट २५ वर्ष जेल सजाय पाएका मृतक नेपालीलाई जेल भित्र एक्कासी बेहोस भएर ढलेपछि उपचारको लागि चौतारा अस्पताल पुर्याउँदा मृत्यु भएको कारागारका चौकीदार भीमबहादुर बस्नेतले बताउनु भयो ।
कुनै औषधि समेत दैनिक सेवन नगर्ने मृतक नेपालीलाई उपचार गर्न ढिलाई भएकोले मृत्यु भएको हुन सक्ने कारागारका बन्दी भरत दङ्गालले बताउनु भयो ।
मृतकको माघ २४ गते चौतारा अस्पतालमा पोष्टमार्टम गरी मृतकका भाइ बिनोद नेपालीले शव बुझेर सदगतको लागि लगेको कारागारका चौकीदार भीमबहादुर बस्नेतले जानकारी दिनुभयो ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १४ दिन कैद सजायको फैसला
तीन वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-७ भाण्टाबारीका १५ वर्षीय बालकलाई १४ दिन कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश दीपककुमार खरेलको ०८१ भदौ २३…
उपचारका क्रममा एक थुनुवाको मृत्यु
मोरङ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका बेलबारी नगरपालिका-४ का ३४ वर्षीय मनिकुमार तामाङको उपचारका क्रममा भदौ २३ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । गोडा सुन्निने र मुटु सम्बन्धी…
बलात्कार गरेको कसुरमा तीन वर्ष सजाय फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सुन्दरहरैचा नगरपालिका-६ सीतापुरी टोलका ४८ वर्षीय ज्ञानबहादुर मगरलाई तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश पारसमणि पोखरेलको ०८१…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका-१, ज्यामिरेका ४६ वर्षीय दुर्गाबहादुर सार्कीलाई प्रहरीले ०८१ भदौ २२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ १३ गते बलात्कार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा कालिकोट जिल्लाको पचाल झरना गाउँपालिका–१, सिकुका २५ वर्षीय गोविन्द बोगटीलाई प्रहरीले ०८१ भदौ २२ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन २५…