सिन्धुपाल्चोकको रुघाखोकीमा कोरोना भाइरस छैनः स्वास्थ्य मन्त्रालय

जुगल गाउँपालिका–३ गुम्बाको बस्तिमा कोराना भाइरससँग मिल्दो लक्ष्यण देखिएको भएपनि त्यो कारोना भाइरस नै नभएको स्वास्थय मन्त्रालयले प्रष्ट्याएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माघ २९ गते यस्ते पुष्टि गरेको हो । रुघाखोकी र अत्याधिक ज्वरोले गाउँमा बिरामीको सङ्ख्या बढ्दा स्थानीयहरूमा त्रास फैलिएपछि कोरोना भाइरसको आशंकामा जुगल गाउँपालिकाले जाँचबुझको लागी बिशेषज्ञ टोली पठाउन बागमती प्रदेश सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा माघ २८ गते पत्र पठाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोकबाहादुर बि.कले बताउनु भयो । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र प्राप्त नभएको मन्त्रालयका सचिव खगराज बरालले बताउनु भयो ।
गत माघ २३ गतेबाट रोगको लक्ष्यण देखिन शुरु गरेकोमा माघ २८ गतेसम्म गुम्बा गाउँमा एक सयभन्दा जना प्रभावित भएको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनु भयो ।
नोबेल भाइरसको लक्षणसँग मिल्ने रुघा खोकी र अत्याधिक ज्वरो जस्ता लक्ष्यणका बिरामीहरू देखापरेको बताउँदै जिल्ला स्वास्थ्य कार्यालयले कोरोनाको शंका गर्ने आधार प्रर्याप्त नरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईंले बताउनु भयो ।


नातिबावु धिताल