सिटी स्क्यान सेवा नहुँदा बिरामीलाई सास्ती
महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालन नहुँदा मानसिक तथा टाउँकोका रोगबाट पीडित भएका व्यक्तिहरुले सास्ती खेप्नु परेको छ ।
महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा नहुँदा बिगत लामो समयदेखि भारतको खटिमा, नेपालगञ्ज र कैलाली जिल्लास्थित सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान गर्न बाध्य हुनुपरेको मानसिक रोगबाट ग्रसित दोधराचाँदनी नगरपालिका–१ की ५५ वर्षीया सुनिता विकले गुनासो गर्नु भयो ।
उहाँले भन्नुभयो– ‘दुई वर्षदेखि कहिले भारतको खटिमा कहिले नेपालगञ्ज, कहिले सेती प्रादेशिक अस्पतालमा धाउन बाध्य छु । जान आउन नै समस्या छ । बिरामीको अत्याधिक चाँपले गर्दा पालो आउदैन् । पालो कुर्नका लागि बास नै बस्नु पर्छ । टाँढा भएकोले कुरुवा पनि लग्नु पर्ने भएकोले खर्च जुटाउन नै समस्या हुने गरेको छ । आफ्नै जिल्लाको अस्पतालमा सुविधा भएको भए राहत हुन्थ्यो ।’
गृह जिल्लामा सिटी स्क्यान सेवा सञ्चालन नगरिएको कारण आर्थिक अवस्था दयनीय भएको आफ्नो परिवारले थप आर्थिक भार बोक्नु परेको भीमदत्त नगरपालिका–१८ सुकुम्बासी टोलकी हरिना दमाईले गुनासो गर्नु भयो ।
१८ वर्षीय छोरा भरत दमाई विगत चार वर्षदेखि टाउँकोको रोगबाट पीडित भएको र टाउँकोमा पानी जम्ने भएकोले समय समयमा सिटी स्क्यान गर्न भारत तथा कैलाली लैजानु पर्ने बाध्यता भएको उहाँले दुखेसा पोख्नु भयो ।
बेलौरी नगरपालिका–३ का रमेश चौधरीले जिल्लामा सिटी स्क्यान सुविधा नहुँदा चर्काे आर्थिक भार बहन गरेर जिल्ला बाहिर गएर उपचार गराउन बाध्य हुनु परेको गुनासो गर्नु भयो ।
महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले सिटी स्क्यान सेवाका लागि प्रदेश र संघीय सरकारलाई पत्रचार गरिएको र यस आर्र्थिक वर्षमा बजेट विनियोजन गरिएको बताउनु भयो । टेन्डर मार्फत सूचना निकालिने हुनाले यसमा अझ आठ नौ महिना लाग्न सक्ने र यसै आर्थिक वर्षदेखि सेवा सुचारु गर्न पहल भइरहेकोले मानसिक तथा टाउँकोका रोगबाट पीडित भएकाहरुले भोग्नु परेको आर्थिक भारमा समेत कमी आउने उहाँले बताउनु भयो ।
नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने व्यवस्था भएता पनि स्थानीयहरुले आधारभूत स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।
लिली कुँवर
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…