सिटामोल छ, स्वास्थ्यकर्मी छैनन् स्वास्थचौकीमा !
नजिकैको स्वास्थ संस्थामा स्वास्थकर्मी नहुँदा खार्पुनाथ गाउँपालिका–३ का सामान्य रोगका बिरामीलाई पनि जिल्ला अस्पताल नै लैजानुपर्ने बाध्यता रहेको छ ।
गाउँपालिका बासिन्दा बिरामी हुँदा उपचारका लागि नजिकै रहेको रायाँ स्वास्थ्यचौकीमा पुगेपनि स्वास्थकर्मी नहुँदा सामान्य बिरामीलाई पनि सदरमुकाम जानुपर्ने बाध्यता हुने गरेको स्थानीय मानबहादुर परियारले बताए ।
बिरामी बुवालाई सिमकोटबाट औषधि ल्याएपनि सुई लगाइदिने स्वास्थकर्मी नहुँदा समस्या भएको परियार बताउँछन् । स्वास्थ्यचौकीमा औषधि भएतापनि दिने स्वास्थ्यकर्मी नहुँदा समस्या भएको स्थानीय टेकबहादुर बुढा गुनासो गर्छन् ।
सो स्वास्थ्यचौकीमा एकजना हेल्थ असिस्टेण्ट, एक अहेब र दुईजना अनमी गरी चार जनाको दरबन्दी भए पनि एक महिना अघिदेखि स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा बिरामी उपचार नगराई फर्कनुपर्ने बाध्यता रहेको स्थानीयको आरोप छ ।
स्वास्थ्यकर्मी नभएपछि सरसफाई स्वच्छता प्रवर्धन संस्था अन्तरगतका कर्मचारीले दिएको औषधि लिएर बिरामी घर फर्किनुपरेको स्थानीयको भनाई छ ।
स्वास्थचौकीका स्वास्थ्य इञ्चार्ज भगवती श्रेष्ठ र अनमी लोकमाया ओली एक महिना अघि घर बिदामा गएको साथै सोही समयमा अनमी कविता बुढा तालिमकै सिलसिलामा सुर्खेत गएको खार्पुनाथ गाउँपालिका–३ का वडा सदस्य गुलम रावलले बताए ।
बाँकी रहेका स्वास्थ्यचौकीका अहेब ओमप्रकाश कुसवाहा पनि लगत्तै होली मनाएर औषधि लिएर आउने भन्दै सदरमुकाम सिमकोट झरेकाले अझै नफर्किएको स्वास्थचौकीमा औषधी भएपनि दिने मान्छे नहुँदा समस्या भएको रावलले बताए ।
सो बारेमा खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलसँग बुझ्दा स्वास्थ्यकर्मी कोही तालिममा र कोही घर विदामा गएका छन् भन्ने कुरा आफूकहाँ पनि जानकारी आएको तर गाउँपालिका स्वास्थ्य संयोजक रुद्रविर शाहीलाई आफूले स्पष्टिकरण माग्दा पनि जानकारी नगराएको बताए ।
स्वास्थ्य संयोजक रुद्रविर शाहीले भने स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई स्वास्थ्य चौकीमा फर्कन आग्रह गर्दै पत्राचार गरिएको र उपस्थित नभएमा कारवाही गरिने बताएका छन् ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…
परीक्षाको मुखमा विज्ञान शिक्षक नहुँदा विद्यार्थी पढाइबाट वञ्चित
गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणित विषय अध्यापन गराउने शिक्षकहरू पाउँनै मुस्किल हुन थालेको छ । सदरमुकाम तम्घास र छिमेकमा समेत मुख्य बिषयमा शिक्षकको सङ्कट रहेको छ । जसको कारण परीक्षाको…