सिकलसेल एनिमिया जाँच्ने मेशिन प्रयोग नहुँदा बिरामी समस्यामा
पश्चिम नेपालको थारु जातिमा देखिएको सिकलसेल एनिमिया रोग जाँच्ने मेशिन प्रयोग नहुँदा बिरामी समस्यामा परेका छन् ।
नेपालगञ्जमा रहेको २९ लाख रुपियाँको मेशिन प्रयोग नभएपछि सिकलसेल एनिमिया जाँच्न आउने बिरामीहरू रोग छ छैन भन्ने एकीन गर्न महङ्गो रकम खर्च गरेर भारत जानुपर्ने बाध्यता रहेको बिरामीहरू बताउँछन् ।
नेपाल सरकारले सिकलसेललाई जनस्वास्थ्य समस्याका रूपमा लिएर १ लाख रुपियाँ बराबरको औषधि निशुल्क दिने व्यवस्था मिलाएको छ । दसैँ अगाडि नै मेशिन आएपनि प्राविधिक समस्याका कारण जडान हुन नसकेको भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर श्यामसुन्दर यादवले बताए ।
लामो समयदेखि सिकलसेल एनिमियाको उपचार गर्दै आएका डाक्टर राजन पाण्डेका अनुसार थारु जातिमा देखिने उक्त रोग वंशाणुगत रहेको र समयमा उपचार हुन नसके ज्यानसमेत जाने र सन्तानहरूमा सर्दै जाने हुन्छ ।
सरकारले निशुल्क सेवा लिन भेरी अञ्चल अस्पतालबाट परिचय पत्र लिनुपर्ने व्यवस्था मिलाएको छ । हालसम्म २ सय ४४ जनाले परिचायपत्र लिएका र १ हजार भन्दा बढी बिरामी सम्पर्कमा आएको डा. पाण्डेले जानकारी दिए ।
विनोद पाण्डे
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि दुर्व्यवहार : इन्सेकद्वारा घटनाकाे भर्त्सना
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि जिल्ला अदालत, काठमाडौँको परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरूले दुर्व्यवहार गरेको घटनाप्रति इन्सेकले ०८१ माघ २ गते विज्ञप्ति जारी गर्दै निन्दा तथा भर्त्सना गरेको…
अन्धविश्वासका कारण सुत्केरीहरु पोषिलो खानबाट वञ्चित !
जिल्लामा अन्धविश्वास कायमै रहेका कारण सुत्करीहरु पोषिलो खानबाट वञ्चित हुदैआएका छन् ।सुत्केरीलाई घरमा पालेको गाईभैंसीको दूध दिँदा गाईभैंसीलाई रोग लाग्ने रुढीवादी परम्परा र अन्धविश्वासका कारण सुत्केरीहरु गाईभैंसीको दूध दही लगायतका…
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…