सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ जना गिरफ्तार
नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरूलाई कारबाही गर्न माग गर्दै सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मानव अधिकार तथा शान्ति समाज नेपालका संस्थापक सभापति कृष्ण पहाडीसहित १७ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको हो ।
गिरफ्तारीमा पर्नेहरूमा काठमाडौँका ६५ वर्षीय कृष्ण पहाडी, काठमाडौँका ६० वर्षीय अर्जुन पराजुली, काठमाडौँका ५७ वर्षीय उत्तम पुडासैनी, काठमाडौँका ६० वर्षीय विमल अर्याल, ललितपुरका ५० वर्षीय चन्द्रमणी बञ्जारा, काठमाडौँकी ३८ वर्षीया नम्रता खरेल, काठमाडौँका ४३ वर्षीय किरण ढकाल, काठमाडौँका ४५ वर्षीय दिवाकर पुडासैनी, ललितपुरका ४५ वर्षीय बलबहादुर गाहा मगर, काठमाडौँकी ४५ वर्षीया उमा गौतम, काठमाडौँका ४० वर्षीय भगवान पुडासैनी, काठमाडौँका ५५ वर्षीय इश्वर पुडासैनी, काठमाडौँका ६० वर्षीय जयराम पुडासैनी, काठमाडौँका ४६ वर्षीय विकास थापा, काठमाडौँका ४६ वर्षीय रमेशकुमार बराल, काठमाडौँका ५३ वर्षीय चन्द्रमणी गौतम र काठमाडौँकी ३८ वर्षीया रिता अधिकारी रहेका छन् ।
गिरफ्तारमा परेकाहरूलाई भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिनुभयो ।
विमल पौडेल
सम्बन्धित समाचारहरू
राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी घटुवाको सिफारिस उचित नभएको नागरिक सङ्घसंस्थाको ठहर
इन्सेक लगायत नागरिक सङ्घसंस्थाका विभिन्न सञ्जालहरूले राष्ट्रिय मानव अधिकार आयोग नेपालको श्रेणी घटुवाको सिफारिसको विषयलाई चिन्तित भएको जनाएका छन् । इन्सेक सहित २५ ओटा नागरिक सङ्घसंस्थाहरूका सञ्जालहरूको काठमाडौँमा बसेको ०८०…
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित
गृहमन्त्रालयले संसोधित नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरेको छ । गृहमन्त्रालयले ०८० असोज ४ गते नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएसँगै नयाँ व्यवस्था अनुसार बुबाको ठेगाना नभएका…
सिंहदरबारबाट नेकपा (क्रान्तिकारी माओवादी) का १७ जना कार्यकर्ता गिरफ्तार
विद्यालय शिक्षा विधेयकको विरोधमा सिंहदरबारभित्र पसेर प्रदर्शन गर्न खोज्ने महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जना कार्यकर्तालाई प्रहरीले ०८० असोज ५ गते गिरफ्तार गरेको…
४१ औं अन्तराष्ट्रिय शान्ति दिवसमा दिप प्रज्वलन कार्यक्रम
“शान्तिको लागि कार्यः Global Goals को लागि हाम्रो महत्वकांक्षा” भन्ने मूल नाराका साथ ४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा जनकपुरधामको जनक चौकमा ०८० असोज ४ गते दिप प्रज्वलन कार्यक्रम समपन्न भएको…
इन्सेक प्रतिनिधिलाई कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाहीका लागि पत्राचार
इन्सेक सप्तरी, प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि भएको कुटपिट घटनाको उजुरी दर्ता गरी आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालयले असोज ४ गते जिल्ला प्रहरी कार्यालय पठाउने निर्णय गरेको…