सिंहदरबारबाट नेकपा (क्रान्तिकारी माओवादी) का १७ जना कार्यकर्ता गिरफ्तार
विद्यालय शिक्षा विधेयकको विरोधमा सिंहदरबारभित्र पसेर प्रदर्शन गर्न खोज्ने महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जना कार्यकर्तालाई प्रहरीले ०८० असोज ५ गते गिरफ्तार गरेको छ ।
निषेधित क्षेत्र तोड्दै सिंहदरबारको दक्षिण गेटमा सुरक्षामा खटिएका प्रहरीको घेरा तोडेर नारावाजी गर्न थालेपछि प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको हो ।
प्रहरी गिरफ्तारीमा पर्नेहरूमा काठमाडौँका ३८ वर्षीय हरिकृष्ण गजुरेल, उदयपुरका ३२ वर्षीय मिलन राई, काठमाडौँका ३५ वर्षीय पेशल दाहाल, अछामका २८ वर्षीय विरेन्द्र शाह, कैलालीका ३५ वर्षीय गोबिन्द विष्ट, बाराका २४ वर्षीय रोशन यादव, कालिकोटका ३० वर्षीय नवराज विक, बाजुराका ३२ वर्षीय मिम ऐडी, अछामकी २८ वर्षीया लक्ष्मी शाह, कालिकोटकी २४ वर्षीया लक्ष्मी पाण्डे, कालिकोटका २७ वर्षीय सर्जन पाण्डे, अछामका ३० वर्षीय राजन साउद, ओखलढुङ्गाकी २७ वर्षीया स्मृति कार्की, सुर्खेतका २८ वर्षीय लक्ष्मण बम, मोरङका २६ वर्षीय स्टालिन बस्नेत, कैलालीका २६ वर्षीय समिर विक र जाजरकोटका २४ वर्षीय मिलन बुढा रहेका छन् ।
गिरफ्तारीमा परेकाहरूलाई प्रहरी वृत्त, सिंहदरबारमा राखिएको जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता एसपी कुमोद ढुङ्गेलले इन्सेकलाई जानकारी दिनुभयो ।
विमल पौडेल
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…