साहारा खोज्दै अपाङ्गता भएका व्यक्तिको परिवार
परिवारमा एक दुई जना अपाङ्ग भएको कुरा धेरैले देखे सुनेका होलान् । तर, बिच्छ्याँ-६ देउसैनका सिउमल थापाको परिवारका सात जना मध्ये पाँच जना जन्मैदेखि पूर्ण अपाङ्ग छन् । सिउमल र उनकी पत्नी माता कान सुन्दैनन् र बोल्न पनि सक्दैनन् । २० वर्षीय जेठो छोरा विरबहादुर, माइली छोरी अञ्जना र कान्छो विसन दृष्टिविहीन छन् । १४ वर्षीया छोरी बिजौरा र ११ वर्षीय कान्छो छोरा धनमलले आमाबाबुसहित सबैको स्याहार गर्छन् ।
गाउँमा अलिकति जग्गाजमीन भएपनि खेती गर्ने मानिस नभएकाले बाँझै रहने सिउमलले बताए । 'छिमेकीले सहयोग गरेका बेला उनको पाखो बारीमा खेती लाग्छ । त्यसबाट फलेको अनाजले दुई महिनाजति धान्छ । अरू बेला अधिकांश समय परिवारमा बिचल्ली पर्छ । सरकारले दिने सामाजिक सुरक्षा भत्ताबाट तिर्ने शर्तमा गाउँका पसलेले उधारो पत्याए परिवारको छाक टर्छ ।'-सिउमलले भने ।
'भत्ता पाएपछि तिर्छौँ ।'-बिरबहादुरले भने-'हाम्रो परिवारको भाग्यमै यस्तो दुःख लेखेको रैछ । हामीलाई सहारा दिने को भेटिएला ?' विकटको बसोवास अनि सहारा विहीन भएकाले सिउमलको परिवारको पीडा लुकेको छ । सरकारी तथा गैरसरकारी क्षेत्रको नजर पनि यो परिवारसम्म पर्न सकेको छैन । 'असाध्यै बिचल्ली छ सिउमल परिवारको'-छिमेकी विरबहादुर बोहराले भने-'धेरै दिन भोकै बस्नु परेको बताउँछन् । घरमा अन्न भएकाहरूले ऐँचोपैँचौ गर्छन् ।' उनले पनि भने-'यो धर्तिमा साहारा दिने मान्छे पनि पाइन्छन् रे भन्ने सुनेको छु । यदि त्यस्ता मान्छे पाए सिउमलको उद्दार हुने थियो ।'
पदम सिंह
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उमनपा–३ का नौ वर्षीय भुवन केसीलाई भरुवा बन्दुकले गोली प्रहार गरी हत्या गरेको आरोपमा १० वर्षीय दाजु र ६२ वर्षीय हजुरबुबा भुविन्द्र खत्रीलाई प्रहरीले ०८१ माघ २६ गते गिरफ्तार…
१५ शैया अस्पताल अलपत्रः निर्माण सम्पन्न भएको दुई वर्ष बित्दा पनि सञ्चालन विहिन अवस्था !
जिल्लाका स्थानीय तह स्तरमा निर्माण भएका १५ शैयाका अस्पताल अलपत्र अवस्थामा रहेका छन् । निर्माण कार्य सम्पन्न भएको दुई वर्ष बित्दा पनि अस्पताल सञ्चालन विहिन अवस्था देख्दा स्थानीयहरू निरास हुँदै…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२४ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा सहिद नगर नगरपालिका-१ का २२ वर्षीय धिरेन्द्र मण्डल विरुद्ध ०८१ माघ २४ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय, यदुकुहामा उजुरी दिनुभएको छ । पीडित…
यौन दुर्व्यवहार कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले साकेला गाउँपालिका-२ रतन्छाका ७६ वर्षीय मदन राईलाई दुई वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद…
बलात्कार कसुरमा १२ वर्ष कैद सजाय
१२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४२ वर्षीय बुबालाई ०८१ माघ २४ गते जिल्ला अदालतले १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश शम्भु रेग्मिको इजलासले…