सासू हत्या आरोपमा बुहारी गिरफ्तार

  ०८० असार ९ गते

साँगुरीगढी गाँउपालिका–४ फाक्सिवकी ६३ वर्षीया सासू सुकमाया लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीया बुहारी विष्णुमाया लिम्बूलाई असार ८ गते गिरफ्तार गरेको छ । आरोपितले ०८० असार ३ गते कुटपिट गर्दा सुकमायाको असार ६ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरायसी विषयमा विवाद हुँदा विष्णुमायाले सुकमायालाई कुटपिट गर्दा ज्यान गएको उजुरीका आधारमा अनुसन्धानका लागि बुहारीलाई घरबाटै गिरफ्तार गरेको  जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मानप्रसाद श्रेष्ठले बताउनु भयो । मृतकको घाँटीमा नीलडाम देखिएकाले हत्या भएको हुन सक्ने इन्स्पेक्टर श्रेष्ठको भनाइ छ ।

बहिनीको हत्या गरेको आरोपमा मृतकका भाई ५१ वर्षीय गजेन्द्रले विष्णुमायाविरूद्ध असार  ६ गते प्रहरीमा किटान जाहेरी दिनु भएको छ । शव पोष्टमार्टमको जिल्ला अस्पतालमा असार ९ गते गरिने प्रहरीले जनाएको छ ।


ईश्वर थापा