सार्वजनिक सुनुवाइ कार्यक्रमको प्रभावले भूकम्पपीडितले राहत पाउन थाले
इन्सेकद्वारा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमको प्रभावले चौतारा नपा-२ का भूकम्पपीडितहरूले अवास पुनःनिर्माणको लागि पहिलो किस्ता रकम भदौ १६ गतेबाट पाउन शुरु गरेका छन् ।
चौतारा नपा-२ मा भदौ १३ गते पुनःनिर्माण प्राधिकरणका जिल्ला संयोजक र जिल्ला प्रहरी कार्यालयका प्रमुख लगायतका सरोकारवालाहरू राखेर इन्सेकले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको थियो । चौतारा नपाभित्र अरु सबै वडाका भूकम्प पीडितहरूले आवास पुनःनिर्माणको लागि सरकारले वितरण गर्दै आएको पहिलो किस्ता रकम पाएका थिए भने २ नम्बर वडाका नागरिकहरूले पाउन सकेका थिएनन् ।
इन्सेकले राखेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले पहिलो किस्ताको रकम नपाएको कुरा सरोकारवालाहरूसँग राखेपछि पुनःनिर्माण प्राधिकरणका जिल्ला संयोजक भूवनेश्वर लामिछानेले कार्यक्रम स्थलबाटै मेघा बैङ्कमा फोन गरेका थिए ।
कार्यक्रम स्थलबाटै फोन गरेपनि १६ गतेबाट रकम वितरण शुरु गरिएको प्राधिकरणका संयोजक लामिछानेले बताए । उनले भने-'मैले त नगरपालिका भित्रका सबैले पहिलो किस्ताको रकम पाए होलान भन्ने ठानेको थिएँ । तर, वडा नं. २ का भूकम्प पीडितहरूले नपाएको कुरा सार्वजनिक कार्यक्रममा गएर मात्र थाहा पाएँ । त्यसपछि मैले रकम वितरण गर्न पहल गरेको हुँ ।'
स्थानीय गोमा खत्रीले खुशी व्यक्त गर्दै इन्सेक प्रतिनिधिसँग कुरा गर्दै भनिन्- 'इन्सेकले सार्वजनिक सुनुवाइ कार्यक्रम राखेपछि हामीले खुलेर आफ्ना समस्या राखेका हौं । कुरा राखेपछि पहिलो किस्ता रकम पाइने भइयो ।'
नतिबावु धिताल
सम्बन्धित समाचारहरू
बालविवाहविरुद्ध उजुरी दर्ता
१३ वर्षीया बालिकाको सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरका २५ वर्षीय मिथलेश रायसँग बालविवाह भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जेठ २५ गते उजुरी दर्ता भएको छ । छिन्नमस्ता गाउँपालिका–१ बरहीका ४२ वर्षीय…
बलात्कार घटनाकाे कसुरमा १२ वर्ष कैद र जरिवाना
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय दिपक सरदारलाई जेठ २६ गते १२ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
वीरेन्द्रनगरमा पिउने पानीको चरम अभाव
कर्णाली प्रदेशको राजधानी वीरेन्दनगरमा पिउने पानीको चरम अभाव चुलिदै गएको छ । गर्मी मौसम सुरु भएसँगै प्रयोगमा ल्याइएका पानीका मुहानमा समेत पानीको सतह घट्दा उपत्यकामा खानेपानीको चरम संकट चुलिएको हो…
बलात्कार मुद्दा मुल्तबीमा राख्ने फैसला
२४ वर्षीया महिलालाई फेदाप गाउँपालिका–३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीले बलात्कार गरेको भनी परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्रे फैसला गरेको छ । जिल्ला अदालतमा ०७९ मङ्सिर २० गते दायर…
समान कामको असमान ज्याला
वीरेन्द्रनगर–३ की कल्पना रास्कोटी १६ वर्ष यता निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएकी कल्पनाका दुई दम्पति नै निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै…