सार्वजनिक सरोकारका सवालमा सामाजिक सङ्घ संस्थाले प्रभावकारी पैरवी गर्नुपर्नेमा जोड
सार्वजनिक सरोकारका सवालमा सामाजिक सङ्घ संस्था र नागरिक समाजका अगुवाले प्रभावकारी पैरवी गर्न इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले जोड दिनुभएको छ ।
कर्णाली प्रदेशको मानव अधिकार अवस्था सम्बन्धमा फागुन ३० गते वीरेन्द्रनगरमा सामाजिक सङ्घ संस्थाका अगुवासँगको छलफलमा अध्यक्ष अर्यालले उक्त विषयमा सामाजिक सङ्घ संस्थाका अगुवालाई आग्रह गर्नु भएको हो ।
कर्णाली प्रदेशमा आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारका थुप्रै सार्वजनिक सरोकारका सवाल भएकाले यस सवालमा सामाजिक सङ्घ संस्थाले संयुक्त रुपमा पैरवी गर्न आवश्यक रहेको इन्सेकका अध्यक्षले सुझाव दिनुभयो । कर्णालीमा पुराना सवारी साधनका कारण थुप्रै नागरिकको ज्यान गएको, पाठयपुस्तक समयमा उपलब्ध नहुँने लगायतका सवालमा नागरिक समाजले समस्या समाधाना लागि पहल गर्न इन्सेक अध्यक्ष अर्यालले अनुरोध गर्नुभयो ।
कर्णाली प्रदेशमा सार्वजनिक सरोकार सवालमा सबैले चासो दिनुपर्ने र समयमा यसको समाधान हुनुपर्नेमा अध्यक्ष अर्यालले जोड दिनुभयो ।
छलफलमा नेपाल वार एशोसियसनका उपाध्यक्ष उत्तमप्रसाद आचार्यले सुर्खेत जिल्ला लागु पदार्थ तथा दुव्र्यसनीको केन्द्र बन्दै गएको र यससँग सम्बन्धीत मुद्दाहरू अदालतमा आइरहेको बताउनु भयो । अहिलेको परिवेशमा सबैभन्दा धेरै बलात्कारको मुद्दा, दोस्रोमा सम्बन्धविच्छेद र तेस्रोमा लागु पदार्थ दुव्र्यसनका मुद्दा रहेको उपाध्यक्ष आचार्यले बताउनु भयो ।
सामाजिक सञ्जालमा व्यापक रुपमा महिलाको चरित्र हत्या भइरहेको र यसले मानव अधिकारमा असर गरिरहेकाले यस कार्यमा समाधानको उपाय खोजिनुपर्ने मानव अधिकारका लागि एकल महिला समूहका अध्यक्ष ममता नगालले बताउनु भयो ।
यसैगरी बहुविवाह र अन्तरजातीय विवाहले महिला हिंसा बढाइरहेको फेडोका अध्यक्ष मन्जु सुनारले गुनासो गर्नुभयो । महिला हिंसा बढने प्रमुख कारण बहुविवाह भएकाले समाजमा यस्ता घटना हुन नदिन सबै लाग्नुपर्ने उहाँले बताउनु भयो ।
छलफलमा नेपाल कानुन समाज सुर्खेतका प्रमुख मातृका प्रसाद खनालले मानव अधिकारको सवालसँगसँगै अब विद्यालय शिक्षामा जोड दिनुपर्ने सुझाव दिनुभयो । यसका साथै न्यायिक समितिको काम तथा प्रकियामा चासो दिनुपर्ने र न्यायिक समिति बलियो बनाउन आवश्यक रहेको बताउनु भयो ।
लागुपदार्थ दुव्र्यसनीमा विद्यायलका विद्यार्थीको बढदो लहर रहेको मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेश संयोजक पीताम्बर ढकालले बताउनु भयो । यसको बेलैमा समाधान नभए विकराल रुप लिनसक्ने भएकाले यसको नियन्त्रणको लागि प्रहरी प्रशासन तथा सबैले हातेमालो गर्न आवश्यक रहेको बताउनु भयो ।
गैसस महासङ्घका कर्णाली प्रदेश इन्चार्ज घनश्याम केसीले बैदेशिक रोजगारीमा गएका पति र पत्नीकोसम्बन्ध र पारिवारिक बेमेलका घटनाहरू बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । यसैगरी वामका उपाध्यक्ष मन्जु राना क्षेत्रीले महिला हिंसाको घटनामा वामले पहल गर्दै आएको बताउनु भयो । कर्णालीमा हालसम्म बाल सुधार गृह र सेफ हाउस नभएकाले यस कार्यमा सामाजिक सङ्घसंस्थाका अगुवाले पैरवी गर्नुपर्ने कार्यक्रमका सहभागिहरूले जोड दिनु भएको थियो ।
सामाजिक सङ्घ संस्थासँगको छलफलमा इन्सेकका अध्यक्ष डा. कुन्दन अर्याल, कार्यकारी निर्देशक बिजयराज गौतम, कर्णाली प्रदेश संयोजक नारायण सुवेदी, लुम्बिनी प्रदेश संयोजक भोला महत लगायतको सहभागिता रहेको थियो ।
प्रभा कुमारी रावत
सम्बन्धित समाचारहरू
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…
घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ डुंगहवा माइती घरमा बस्दै आएकी २८ वर्षीया बिनु चौधरीलाई इन्सेकले चैत ११ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार समूहका अध्यक्षलगायतका समूहका पदाधिकारीहरूको…
स्थानीय तहमा इजलास अभावले न्याय सम्पादनमा समस्या
संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाई भएको छ । नेपालको संविधान अनुसूचि ८…