सार्बजनिक सरोकारको विषयमा परेको रिटमा उच्च अदालतद्वारा अन्तरिम आदेश जारी
सार्बजनिक सरोकारको विषयमा परेको रिटमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले जेठ १८ गते अन्तरिम आदेश जारी गरेको छ ।
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले सवारी दुर्घटना रोकी नागरिकको बाँच्न पाउने अधिकार संरक्षणकालागि अन्तरिम आदेश जारी गरेको हो ।
न्यायाधीश वामदेव ज्ञवालीको एकल इजलासले मोटरसाइकल र स्कुटरमा हेल्मेट नलगाएर चलाउने कार्यलाई तत्कालै नियन्त्रण गर्न, सवारी साधनको नियमित चेकजाँच गरी ज्येष्ठ नागरिक तथा शारीरिकरुपमा अशक्त भएका नागरिकहरूका लागि छुट्टाइएका सिटहरूको उपयोग भए नभएको अनुगमन गर्न, सवारी साधन सञ्चालन गर्दा तोकिएको सिट क्षमता भन्दा बढी यात्रुहरू सवारी साधनमा नराख्ने प्रबन्ध गर्न र सवारी साधन तिब्र गतिमा चलाउने कार्यको चेकजाँच गरी नियन्त्रण गर्न यातायात व्यवस्था कार्यालय नेपालगञ्ज लगायतका सरोकारवालाई अन्तरिम आदेश जारी गरिएको छ ।
सवारी दुर्घटना रोकी नागरिकको बाँच्न पाउने अधिकार संरक्षणका लागि भन्दै सार्वजनिक सरोकारको क्षेत्रमा वकालत गर्दै आएका इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत, अधिवक्ताहरू लोकबहादुर शाह, एफडब्लुएलडीका सुनिल श्रेष्ठ, एडभोकेसी फोरमका बसन्त गौतम, आइएचआरसीका विश्वजित तिवारी, अधिवक्ताहरु बलबहादुर चन्द, सुनिता शर्मा, विकास आचार्य, प्रभाकर भट्टराई, पवनकुमार गुप्ता, रिजवान अहमद मिर्जा, सुरेशकुमार गौतमले जेठ १७ गते उच्च अदालत नेपालगञ्जमा रिट दायर गरेका थिए ।
यातायात व्यवस्था कार्यालय, यातायात व्यवस्थापन समिति बाँके, जिल्ला प्रशासन कार्यालय बाँके र बर्दिया, जिल्ला प्रहरी कार्यालय, बाँके र बर्दिया, जिल्ला ट्राफिक प्रहरी कार्यालय, कोहलपुर बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय, गुलरिया बर्दियासमेत १५ वटा कार्यालय र प्रमुखलाई विपक्षी बनाइएको थियो ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…