सामूहिक बलात्कार घटनाको कसुरमा कैद सजाय
२८ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको कसुरमा हरिपुर नगरपालिका–७ का ३३ वर्षीय विशाल भने मुकेश चौधरी, ३४ वर्षीय पुच्चे भन्ने रितेश चौधरी र ३१ वर्षीय रामराजन चौधरीलाई जिल्ला अदालत सर्लाहीले ०८० माघ ४ गते १/१ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालत सर्लाहीका न्यायाधिश सुर्यबहादुर थापाको इजलासले आरोपितलाई १/१ वर्ष कैद सजाय र जनही २५ हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति दिने गरी मुद्दाको अन्तिम फैसला गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनु भयो ।
पीडितलाई आरोपितहरुले ०७९ वैशाख २ गते सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितहरु विरुद्ध इलाका प्रहरी कार्यालय हरिपुरमा जेठ १७ गते उजुरी दिनु भएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १८ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको थियो ।
बुधन साह
सम्बन्धित समाचारहरू
स्वास्थ्यकर्मीमाथि कुटपिट, विरोध स्वरूप सेवा बन्द !
गण्डकी गाउँपालिका–१ को मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत मेडिकल अधिकृत दिलिपकुमार कुशवाहलाई कुटपिट भएको विरोधमा स्वास्थ्यकर्मीले असोज १ गते सेवा प्रवाह बन्द गरेका छन् । सोही गाउँपालिका वडा नम्वर २…
संसदको चालु अधिवेशन अन्त्य, पाँच विधेयक पारित
संसदको चालु अधिवेशन भदौ ३१ गते मध्यरातिबाट अन्त्य भएको छ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको यो अधिवेशन वैशाख २८ गतेबाट सुरु भएको थियो । यो अधिवेशनमा ५३ दिनमा ५६ पटक बैठक…
मानव बेचबिखन गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई भारत लगेर बेचबिखन तथा बलात्कार गरेको कसुरमा जिल्ला अदालतले शान्तिनगर गाउँपालिका–२ का १९ वर्षीय विजय वलीलाई ११ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश…
बलात्कार कसुर ठहर गर्दै १८ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले हेलम्बु गाउँपालिका-२ का ४३ वर्षीय रामचन्द्र बिकलाई ०८१ भदौ ३१ गते १८ वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिबाना र २०…
जिल्ला कारागारमा एक जना थुनुवाको मृत्यु
कैलाली जिल्ला कारागार, कैलालीमा पुर्पक्षका लागि थुनामा राखिएका घोडाघोडी नगरपालिका–४ जनकपुरका २२ वर्षीय दिपक विकको ०८१ भदौ ३१ गते मृत्यु भएको छ । पुर्पक्षका लागि थुनामा रहेका विक भदौ ३१…