सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७४ वैशाख २९ गते

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तिनाउ नपा-१७ का ३० वर्षीय श्रवणकुमार थारु र सुद्धोधन गाउँपालिका-३ का २३ वर्षीय राजेश चौधरीलाई वैशाख २८ गते मायादेवी गाउँपालिकाबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख २७ गते बलात्कार गरेको भनी पीडित पक्षले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा वैशाख २८ गते उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीको आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेलबहादुर पाण्डेले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २८ गते नै भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।


रीमा बि.सी.