सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ चैत १० गते

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार घटनाका फरार आरोपित सैनामैना नपा-१ का २६ वर्षीय डम्बरबहादुर सुर्यवंशी, १७ वर्षीय बालक दुई जना, १९ वर्षीय सुमन सिजापति, २४ वर्षीय सुरेश बिक र २८ वर्षीय श्यामबहादुर थापा लाई रुपन्देही प्रहरीले चैत ९ गते सैनामैना नपा-४ बनकट्टाबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितहरूले फागुन २९ गते सामूहिक बलात्कार गरेको आरोपमा आरोपितहरूविरुद्ध इलाका प्रहरी कार्यालयमा फागुन ३० गते उजुरी दिएकी थिइन् ।

पीडित बालिकाको उजुरीका आधारमा आरोपितहरूलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बुटवलका सई माधव भण्डारीले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ३० गते लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको पनि प्रहरीले जनाएको छ ।


रीमा बि.सी.