सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

   ०८१ असार ३१ गते

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले भिमाद नगरपालिका–५ का २६ वर्षीय सुबिन्द्र कामी र सोही ठाउँका ४३ वर्षीय चित्रबहादुर कामीलाई ०८१ असार ३० गते गिरफ्तार गरेको छ ।

आरोपितहरूले बालिकालाई असार १५ गते बलात्कार गरेको भन्दै पीडित परिवारले असार ३० गते इलाका प्रहरी कार्यालय भिमादमा उजुरी दिएका थिए । आरोपितहरुलाई म्याग्दे गाउँपालिका– ४ धहेरेमा लुकेर बसिरहेको अवस्थामा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी अपिलराज बोहोराले बताउनु भयो ।

आरोपितहरूलाई असार ३१ गते जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानको लागि थुनामा राखिएको एसपी बोहोराले जानकारी दिनु भयो ।

पीडितको असार ३० गते दमौली अस्पतालमा स्वास्थ्य परीक्षण भयो ।


प्रकाशचन्द्र भट्टराई