सामूहिक बलात्कार घटनाका आरोपितहरु गिरफ्तार

१३ वर्षीया बालिकालाई ०८० माघ २३ गते सामूहिक बलात्कार गरेका तीन जना आराेपितहरुलाई माघ २५ गते जिल्ला प्रहरी कार्यालय महाेत्तरीले गिरफ्तार गरेको छ ।

आराेपितहरु सम्सी गाउँपालिका–२ पर्साका २० वर्षीय उवैद मोमिन, २१ वर्षीय अनवर अन्सारी र भारत बिहार राज्य सितामढि जिल्ला रतनपुर पंचायत वडा नं १५ बस्ने २१ वर्षीय जियाउल अन्सारीले माघ २२ गते राति पीडितकी आमा र हजुरआमालाई घरमा थुनेर लुटपाट गर्नुका साथै बालिकालाई घरबाट डेढ किलोमिटर टाँढा रहेको बाँसघारीमा लगि करकापमा बलात्कार गरेको पीडितले बताउनु भयाे ।

आमा बोल्न नसक्ने र बालिका डराएको कारण माघ २५ गते मात्र जिल्ला प्रहरी कार्यालयमा पीडित बालिकाले दिएकाे उजुरी र बयानको आधारमा प्रहरीले माघ २५ गते आराेपितहरुलाई सम्सी गाउँपालिका–२ सडक खण्डबाट गिरफ्तार गरी साेही दिन जिल्ला अदालतबाट सात दिनकाे म्याद थप गराइ घटना बारे थप अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर महेन्द्र खड्काले जानकारी दिनु भयाे ।

पीडितको स्वास्थ्य परीक्षण माघ २५ गते प्रादेशिक अस्पताल जलेश्वरमा गरिएको छ ।


ममता विश्वकर्मा