सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले हरीहरपुर गाविस-१ का २२ वर्षीय रामनाथ चौधरी र १७ वर्षीय एक बालकलाई कार्तिक १ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितहरूसहित पाँच जनाको समूहले असोज २५ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले असोज ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितहरूलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको र अन्य आरोपितहरूको खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दानबहादुर कार्कीले बताए ।

पीडित बालिकाले गिरफ्तार आरोपितहरूसहित हरीहरपुर गाविस-१ का १८ वर्षीय रविन्द्रकुमार चौधरी, हरीहरपुर गाविस-२ का २१ वर्षीय मनिष राजधामी र एक जना अपरिचित व्यक्तिले बलात्कार गरेको आरोप लगाएकी छिन् ।

पीडित बालिकाको राजविराजस्थित अञ्चल अस्पताल र धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असोज २६ गते गरिएको प्रहरीले जनाएको छ ।


मनोहरकुमार पोखरेल