सामूहिक बलात्कार घटनाका सात जना आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ ।
गिरफ्तार पर्नेहरूमा बैजनाथ गाउँपालिका–८ झिगौराका २४ वर्षीय बिक्रान्त थारू, २५ वर्षीय निराजन थारू, २३ वर्षीय राजकुमार थारू, २० वर्षीय बिश्वनाथ थारू, १६ र १७ वर्षीय तीन जना बालक रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाइना इँट्टाभट्टा नजिक शङ्काष्पदरूपमा भे ३ प ३५२७ नम्बरको मोटरसाइकलमा पीडितलाई बिचमा राखेर ल्याउदै गर्दा सोधपुछमा पीडितले घटनाको जानकारी दिए पछि आरोपितहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुसुदन न्यौपानेले बताउनु भयो ।
बैजनाथ गाउँपालिका–८ का १७ वर्षीय बालकले फेसबुकमार्फत सोही ठाउँस्थित मानखोलाको छेउमा रहेको बंगुरको खोरमा बोलाएर मादक पदार्थ खुवाएर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पीडित बालिकाले दिएको बयान अनुसार बिगत एक वर्षदखि फेसबुकमा चिनजान भएका बालकले आज मेरो जन्म दिन छ भनी जेठ २१ गते बाँकेको खजुरा गाँउपालिका–६ मानखोला नजिक बोलाएर त्यहाँबाट आफ्नो साथीसहित मोटरसाईकलमा राखी बर्दिया जिल्लाको मानखोला नजिकैको जङ्गलमा लगी घटना घटाएको हो ।
पीडितको स्वास्थ्य परीक्षण र उपचार जेठ २२ गते भेरी अस्पताल नेपालगञ्जमा गरिएको छ ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…