सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
३२ वर्षीया एक महिलालाई जुगल गाउँपालिका–४ मान्जेमा सामूहिक बलात्कार गरेको घटनामा संलग्न दुई जनलाई प्रहरीले असोज २४ गते गिरफ्तार गरेको छ ।
जुगल गाउँपालिका–४ का २६ वर्षीय विकास सिलवाल र सोही गाउँपालिका–५ का २४ वर्षीय सुन्दर श्रेष्ठलाई ०७७ असोज २४ गते प्रहरीले घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले बताउनु भयो ।
घटनामा संलग्न आरोपित मध्ये अन्य दुई जना व्यक्ति अझै फरार रहेको डिएसपी सापकोटाले बताउनु भयो ।
पीडित महिलालाई असोज १५ गते बेलुका जुगल गाउँपालिका–४ मान्जे बजारमा चार जनाले सामूहिक बलात्कार गरेको पीडितको आरोप छ ।
पीडितले दिएको उजुरी असोज २० गते जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको कानुन व्यवसायी शशिनाथ आचार्यले बताउनु भयो । पीडितको स्वास्थय परीक्षणा २० गते नै जिल्ला अस्पताल चौतारामा गरिएको थियो ।
घटनामा संलग्न भएको आरोपमा गिरफ्तार गरिएका दुवै जनालाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ भने फरार आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सापकोटाले बताउनु भयो ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…
बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार
अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया बालिका आरती भट्टराईलाई ०८१ असोज २५ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५८ वर्षीय टेक भण्डारीलाई असोज २६ गते गिरफ्तार गरेको छ…
भिडियो एक्सरे मेसिन नबनाउँदा बिरामीलाई सास्ती
जिल्ला अस्पताल तेहृथुममा भिडियो एक्सरे मेसिन बिग्रिएको र मर्मत सम्भार नगरिँदा बिरामी तथा सेवाग्राहीहरूले सास्ती खेप्नु परेको छ । अस्पताल प्रशासनले एक्सरे मेशिन बिग्रिएको र दशैँमा मर्मत नहुुने भन्दै सार्वजनिक…
इन्सेकद्वारा जिल्ला कारागारको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २६ गते जिल्ला कारागारको अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्सेककर्मीसँग कैदीबन्दीहरूले परिवारजनसँग भेटघाट गरी टीका लगाउने र खानपिन गर्न पाउने प्रबन्ध गरको…