सामूहिक बलात्कार घटनाका आरोपित बिरुद्ध उजुरी

३२ वर्षीया महिलाले आफूलाई सामूहिक बलात्कार गरेको भन्दै चार जना आरोपित बिरुद्ध ०७७ असोज २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउनु भएको डिएसपी प्रकाश सापकोटाले इन्सेक जिल्ला प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

जुगल गाउँपालिका–३ गुम्बाका २४ वर्षीय कैलाश नेपाली र सोही गाउँपालिका–४ पाङताङका २२ वर्षीय दिलिप सापकोटा सहितको समूहले आफूलाई असोज १५ गते बेलुका सामूहिक बलात्कार गरेको पीडितको आरोप छ ।

अन्य व्यक्तिहरूलाई पीडितले पहिचान गर्न नसकेकाले उनीहरूकोे नाम बतन खुल्न नसकेकोे डिएसपी सापकोटाले बताउनु भयो ।

पीडितको उपचार सहित स्वास्थ्य परीक्षण असोज २० गते चौतारा अस्पतालमा गरिएको छ । पीडितलाई मनोपरामर्श र सुरक्षाका लागि चौतारा स्थित महिला पुनर्स्थापना केन्द्रमा राखिएको छ ।


नातिबावु धिताल