सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
१० वर्षीया बालिकालाई असोज ६ गते बलात्कार गरेको आरोपमा लेखनाथ नपा-१ का १९ वर्षीय राम कुमाल, १२ वर्षीय र १४ वर्षीय बालकलाई प्रहरीले असोज ३० गते गिरफ्तार गरेको छ ।
घटना भएको लामो समयसम्म पनि बिरामी भएकी पीडित बालिकाले उपचारका क्रममा बलात्कार भएको कुरा बताएपछि पीडितका अभिभावकले स्थानीय एक संस्थामा निवेदन गरेका थिए ।
सो संस्थाको सहयोगमा पीडित बालिकालाई बलात्कार गरेको आरोपमा आरोपितविरुद्ध असोज ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेपछि प्रहरीले अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गजुसिद्दी बज्राचार्यले जानकारी गराएका छन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा असोज ३० गते गरिएको प्रहरीले जनाएको छ ।
विष्णुप्रसाद अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–१२ का २१ वर्षीय अशोक चौधरीलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले म्याङलुङ नगरपालिका-१० का १९ वर्षीय भिमबहादुर विश्वकर्मालाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८१ चैत…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय बालकलाई ०८१ चैत १२ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई चैत १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले…
खानेपानीको समस्या झेल्दै बेलस्वाराका स्थानीय
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ मा पर्ने बेलस्वाराका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् । गाउँ नजिक रहेको धरादी खोलाबाट पानी ल्याइएको भए पनि पर्याप्त नहुँदा समस्या झेल्दै आएको…
बलात्कार घटनाका आराेपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेथानचोक गाउँपालिका–४ गुम्बुडाँडाका २५ वर्षी विवेक नेपालीलाई ०८१ चैत ११ गते प्रहरीले गिरफ्तार गरेको छ पीडित बालिकालाई आराेपितले चैत १० गते राती बलात्कार गरेकाे भन्दै…