सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ असोज १९ गते

२६ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ६ जनालाई प्रहरीले असोज १७ गते गिरफ्तार गरेको छ ।

पीडितले आफूलाई वीरेन्द्रनगर नपा–१ का २५ वर्षीय शुक्र बिक, सोही ठाउँका ५५ वर्षीय हर्के सुनार, ३० वर्षीय बले सुनार, ४० वर्षीय गणेश सुनार, २५ वर्षीय रुपेश सुनार, २३ वर्षीय सन्दीप सुनार, सोही ठाउँका १५ वर्षीय एक जना, १६ वर्षीय एक जना र १८ वर्षीय चार जनाले असोज १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

घटनाका विषयमा कसैलाई जानकारी गराए हत्या गरी शव गायव पार्ने धम्की दिएको पीडितले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । पीडित महिलाको स्वास्थ्य परीक्षण क्षेत्रीय अस्पताल सुर्खेतमा असोज १७ गते गरिएको थियो ।


दुर्गा थापा