सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ असार १९ गते

अपाङ्गता भएकी १९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले भारतको बिहार जिल्ला गोपालगञ्ज ठाना मोहमदपुर स्थायी घर भई बुटवल उमनपा-२ पाखापानी बस्ने ३० वर्षीय राकेश शर्मा र भारत बिहार जिल्ला मोतिहारी ठाना गोविन्दगञ्ज स्थायी घर भई बुटवल उमनपा-२ मैनाबगर बस्ने २७ वर्षीय अजयकुमार साहनीलाई असार १७ गते बुटवलबाट गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले असार १७ गते बलात्कार गरेको भनी पीडित युवतीले असार १७ गते नै इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिएकी थिइन् ।

पीडित युवतीले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको  इलाका प्रहरी कार्यालय, बुटवलका इन्स्पेक्टर दिपेश बस्यालले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण असार १७ गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको प्रहरीले जनाएको छ ।


रीमा बिसी