सामूहिक बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले विराटनगर महानगरपालिका-३ का ५० वर्षीय विनोद राउत र ५० वर्षीय सुरज सुवेदीलाई आठ वर्ष कैद र जनही ३-३ लाख रुपियाँ जरिबानाको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको ०८० कात्तिक २२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैदसँग जरिबानाको फैसला गरेको अदालतका सूचना अधिकारी ओम सुवेदीले बताउनु भयो ।
पीडित युवतीलाई आरोपितद्वयले ०७९ असार २८ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडितले साउन ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले साउन ८ गते विराटनगरबाट गिरफ्तार गरेको थियो ।
आरोपितद्वयविरूद्ध प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा ०७९ भदौ ५ गते सामूहिक बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको ०७९ भदौ ६ गतेको आदेशले आरोपितद्घय पुर्पक्षका लागि थुनामा थिए ।
विराटनगर महानगरपालिका-४ का ५० वर्षीय राउत नेपाल खेलकुद महासङ्घका केन्द्रीय सचिव हुन् । ५० वर्षीय सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन् ।
उनीहरूले सोही कलेजमा अध्ययनरत सुनसरी इटहरीकी १९ वर्षीया छात्रालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको थियो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा ०७९ साउन ८ गते गरिएको थियो ।
विनोद सुवेदी
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…