सामूहिक बलात्कार आरोपमा उजुरी दर्ता
१२ वर्षीया बालिकालाई सिम्रा भवानीपुर गाविस-६ का ३० वर्षीय सलाहुद्धिन अन्सारी, सोही ठाउँका २६ वर्षीय असताफ देवान, सोही ठाउँका ३५ वर्षीय सहिद अन्सारी र सोही गाविस-५ का १८ वर्षीय असरफ मियाँले साउन ३१ गते राति सामूहिक बलात्कार गरेको आरोपमा पीडित बालिकाले भदौ ३ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा जाहेरी दर्ता गराएकी छन् ।
पीडित बालिकालाई आरोपित मध्येका असरफ मियाँ र असताफ देवानले मुख थुनेर आरोपित चार जना मध्ये सलाहुद्धिन अन्सारी र असरफ मियाँले पालैपाले बलात्कार गरेको र अन्य आरोपितले बालिकालाई समातेर राखेको पीडितले उजुरीमा उल्लेख गरेकी छन् ।
बालिकाको मौखिक उजुरीको आधारमा आरोपित मध्येका सलाहुद्धिन अन्सारीलाई भदौ २ गते नै प्रहरीले गिरफ्तार गरेको छ ।
बालिकाको चन्द्रनिगाहपुर अस्पतालमा भदौ २ गते स्वास्थ्य परीक्षण गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी मनोजकुमार यादवले बताए ।
विपिन गौतम
सम्बन्धित समाचारहरू
कारागारमा भौतिक संरचना जीर्ण रहेको कैदी र थुनुवाको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको नेतृत्वमा ०८१ मङ्सिर २३ गते स्याङ्जा जिल्ला कारागारको अनुगमन गरिएको छ । ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा जिल्ला कारागार स्याङ्जाको…
लैङ्गिक हिँसाविरुद्ध एकजुट हुनुपर्नेमा जोड
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मङ्सिर २७ गते काठमाडौँमा ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकाे सन्दर्भमा लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियान अवस्था सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
अपाङ्गता हुनुभएकी ३७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मालारानी गाउँपालिका-८. हंसपुरका ४० वर्षीय खेतबहादुर घर्तीलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिबलाल पाण्डेयको ०८१ मङ्सिर…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले लमही नगरपालिका–१ का २९ वर्षीय नवराज भन्ने नमराज पोख्रेललाई १३ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
२३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–११ का विनोद वलीलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश लालसिंह थापाको ०८१ मङ्सिर २६ गतेको…