सामूहिक बलात्कारबाट गर्भवती बालिका न्यायको खोजीमा
१३ वर्षीया बालिका सामूहिक बलात्कारपछि गर्भवती बनेकी छन् । बुवा काम गर्ने मालिकका छोरा र उनका साथीहरूले ५ महिना अघि गरेको सामूहिक बलात्कारपछि गर्भवती बनेकी बालिका न्यायका लागि प्रहरी र अदालत पुगेकी छन् ।
पीडित बालिकाले सामूहिक बलात्कारमा संलग्न दोषीलाई कारबाहीको माग गर्दै असोज १ गते सुनसरी जिल्ला अदालतमा उजुरी दर्ता गराएकी छन् । न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्न गएको भएपनि प्रहरीमा सुनुवाइ नभएकाले अदालतमा उजुरी दिएको पीडित पक्षको भनाइ छ ।
देवानगञ्ज गाउँपालिका–४ का ३२ वर्षीय सुरेन मेहता र सोही ठाउँका २२ वर्षीय फिरोज मियाँले बलात्कार गरेको र त्यसपछि कसैलाई भने ज्यान मार्ने धम्की दिएकाले कसैलाई नभन्दा अहिले ५ महिनाको गर्भ बसेकाले पेट बढ्दै आएपछि न्यायका लागि आएको पीडितका बुवाले बताए ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…