सामूहिक बलात्कारपछि हत्या घटनाका ६ जना आरोपित गिरफ्तार
बनेपा नगरपालिका-१० उग्रतारा जनागाल की ५७ वर्षीया नानु आलेमगरलाई भदौ १३ गते सामूहिक बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले भदौ २१ गते ६ जनालाई गिरफ्तार गरेको छ ।
साथीको घरमा जान्छु भनेर भदौ ११ गते घरबाट हिँडेकोमा भदौ १३ गते नजिकैको मकैबारीमा प्रहरीले निर्वस्त्र अवस्थामा आलेमगरको शव फेला पारेको थियो ।
प्रारम्भिक अनुसन्धानबाट सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको जानकारी जिल्ला प्रहरी कार्यालय काभ्रेले भदौ २१ गते आयोजित पत्रकार सम्मेलनमा दियो ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले भुम्लुटार-३ का ३२ वर्षीय गोपाल परियार, धुलिखेल-७ का ३० वर्षीय साधुराम विश्वकर्मा, नमोबुद्धका २७ वर्षीय महेश परियार, नाग्रेगगर्चे-९ का ३३ वर्षीय दिलबहादुर प्रधान, सिन्धुपाल्चोक जिल्ला मेलम्चीका ३२ वर्षीय सिताराम थापा र रामेछाप जिल्ला लखनपुर-१ का २४ वर्षीय प्रकाश परियारलाई गिरफ्तार गरेको हो । सबै आरोपितहरू रिक्सा चालक र ज्यामी मजदुरहरू हुन् । मृतकका पति, दुई छोरी र एक छोरा छन् ।
भोजराज तिमल्सिना
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गरिफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय सौतिनी बाबुलाई मङ्सिर १८ गते गिरफ्तार गरेको प्रहरी वृत्त बौद्धकी असई हस्तीकुमारी बस्नेतले बताउनु भएको छ । पीडित बालिकालाई आरोपितले दुई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पालुङटार नगरपालिका–४ का ५५ वर्षीय धनबहादुर सुनारलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते यौन…
रास्वपाका कार्यकर्ताद्वारा पत्रकार कुटपिट : पत्रकार सम्बद्ध संस्थाद्वारा विरोध
रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध, सम्पत्ति शुद्धिकरण लगायतका आरोपमा भइरहेको अनुसन्धानको विरोधमा उत्रिएका रास्वपाका कार्यकर्ताले समाचार सङ्कलन गर्न पुगेका नेपाल पत्रकार महासङ्घका सदस्य तथा…
अदालत परिसरबाट एक बन्दी फरार, खोजी कार्य जारी
नुवाकोट जिल्ला ककनी गाउँपालिका–६ का ३६ वर्षीय बुद्धि भनिने अमरबहादुर लामा दिउँसो साढे १२ बजेतिर कारागारबाट भागेको कारागार प्रशासनले जनाएको छ । लामा रसुवा जिल्ला अदालतमा तारेख लिन जाने क्रममा…
एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा लैङ्गिक हिंसाका पीडितको सङ्ख्या बढ्दै !
बर्दिया अस्पताल, गुलरियामा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा लैङ्गिक हिंसाका पीडितको सङ्ख्या बढ्दै गएको पाइएको छ । एकद्वार सङ्कट व्यवस्थापन केन्द (ओसिएमसी) बाट बलात्कार, यौन दुर्व्यवहार, शारीरिक यातना,…