सामूहिक बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
कमलामाई नगरपालिका–५ मा भएको सामूहिक बलत्कार घटनामा संलग्न फरार पाँच जना आरोपितहरू तथा उनीहरूलाई भगाउन सहयोग गर्ने ६ जना व्यक्तिहरूलाई प्रहरीले विभिन्न स्थानबाट गिरफ्तार गरेको छ ।
१५, १६ र १७ वर्षीया तीन जना बालिकालाई असोज ३० गते कमलामाई नगरपालिका–५ मा नौ जनाले सामूहिक बलात्कार गरेका थिए ।
घटनामा संलग्न भई लुकीछिपी बस्दै आएका २२ वर्षीय आकाश मगरलाई प्रहरीले कात्तिक ७ गते सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटबाट गिरफ्तार गरेको हो ।
यसैगरी कमलामाई नगरपालिका–५ बोजे घर भएका २० वर्षीय दीपक मगर, २३ वर्षीय अर्जुन मगर, २३ वर्षीय धनबहादुर बम्जन, २१ वर्षीय मिलन लामालाई प्रहरीले ०७८ कात्तिक ५ गते महोत्तरीको बर्दिबासबाट गिरफ्तार गरेको थियो ।
उनीहरूलाई भारततर्फ भगाउने तयारी भएको अवस्थामा बर्दिबासबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोजकुमार लामाले जानकारी दिनु भयो । घटनामा संलग्न भई फरार रहेका २१ वर्षीय विश्व राईको खोजी भइरहेको डिएसपी लामाले बताउनु भयो ।
यस्तै आरोपितहरूलाई भगाउन सहयोग गर्ने कमलामाई नगरपालिका–४ का शिव देवकोटा, कमलामाई नगरपालिका–५ का संजिव मगर, प्रेम श्रेष्ठ, सुमन थापा, कमलामाई नगरपालिका–६ का मेघबहादुर श्रेष्ठ र सर्लाही हरिवन नगरपालिका–८ का इश्वर आलेलाई समेत प्रहरीले कात्तिक ५ गते नै गिरफ्तार गरेको छ ।
आरोपित भगाउन प्रयोग भएको बा १० च १८३६ नम्बरको स्कार्पियो, प्रदेश २–०२–००३ प १२१० र प्रदेश २–०२–००४ प ५३७६ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको डिएसपी लामाले जानकारी दिनु भयो ।
बलात्कार घटनामा संलग्न भएको आरोपमा कमलामाई नगरपालिका–५ बोझे घर भएका २२ वर्षीय हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ विवेक मगरलाई प्रहरीले असोज ३१ गते नै गिरफ्तार गरेको थियो ।
पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण सिन्धुली अस्पतालमा असोज ३० गते भएको थियो ।
नविनबावु अधिकारी
सम्बन्धित समाचारहरू
मतदान अधिकृतको राजीनामापछि मतगणना वा मतदान अन्यौलमा
मुख्य निर्वाचन अधिकृत दीपक खनालले स्वास्थ्य अवस्थाको कारण देखाउँदै जेठ १ गते राजीनामा दिएपछि त्रियुगा नगरपालिका–१२ मा मतगणना गर्ने वा पुनः मतदान गर्ने विषयमा अन्यौलता छाएको छ । वैशाख ३०…
प्रहरी र स्थानीयबिच झडप, चार प्रहरी र दुई स्थानीय घाइते
रम्भा गाउँपालिकामा–५ मा पुनः मतदानको माग गर्दै मतदाताहरूले मतगणना स्थलमा आन्दोलन गरे पछि प्रहरी र स्थानीयबिच जेठ १ गते झडप भएको छ । झडपमा प्रहरी हवल्दार ४० वर्षीय कृष्ण कुँवर,…
विजय उत्सव मनाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु १५ जना घाइते
विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा जेठ २ गते दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । विजय उत्सवमा जान लागेको ना ५ ख…
मतपत्र च्यातेको आरोपमा एक जना गिरफ्तार, गणना स्थगित
चिशंखुगढी नगरपालिका–३ मा मतपत्र च्यातेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका चिशंखुगढी सचिव राजकुमार ढुङ्गानालाई जेठ २ गते गिरफ्तार गरेको छ । मतपत्र च्यातेको आरोपमा ढुङ्गाना अनुसन्धानका लागि गिरफ्तारीमा परेपछि मतगणना रोकिएको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २ गते)
जेठ २ गते ६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ५ सय ४६…