सामुहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले छाँयानाथ रारा नगरपालिका–५ का ३० वर्षीय बसन्त बहादुर कार्की, सोरु गाउँपालिका–८ का २२ वर्षीय बसन्त रोकाय र छाँयानाथ रारा नगरपालिकाका – १४ का १४ वर्षीय १ जना र १५ वर्षीय २ जना बालकलाई प्रहरीले पुस २४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० भदौ १६ गते र २०८० असोज १० गते छुट्टाछुट्टै समयमा सामुहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २३ गते जिल्ला प्रहरी कार्यालय, मुगुमा ९ जना विरुद्ध उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरी परेपछि तत्काल ९ जना आरोपित मध्य ५ जना आरोपितलाई छाँयानाथ रारा नगरपालिकाको गमगढी बजारबाट पुस २४ गते गिरफ्तार गरेको र थप आरोपित मध्ये जुम्ला जिल्ला चन्दननाथ नगरपालिका – ७ का ३० वर्षीय पदम बहादुर कठायत, मुगु छाँयानाथ रारा नगरपालिकाका– १४ का १४ वर्षीय १ बालक र सोही स्थानका १५ वर्षीय २ बालक समेत ४ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय, मुगुका इन्स्पेक्टर भुपेन्द्र बुढाथोकीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल मुगुमा पुस २३ गते भयो ।

 


सर्जन कुमार शाही